धनकुटाको स्थानीय तहमा अ,नियमितता ब,ढ्यो – अख्तियारले सार्वजनिक गर्यो यस्तो तथ्यांक

धनकुटा खबर । धनकुटाको स्थानीय तहमा अ,नियमितता व,ढेको एक तथ्याङ्कले देखाएको छ । अख्तियार दु,रुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले आज धनकुटामा आयोजना गरेकाे भ्र,ष्टचार नि,यन्त्रण र सुशासन प्र,वद्र्धनको लागि जिल्ला स्त्तरीय अन्त्तरक्रिया कार्यक्रममा धनकुटा जिल्लाकाे स्थानिय तहमा भ्र,ष्टचार वढेकाे पाईएकाे तथ्यांक प्रस्तुत गरिएको हो ।

अख्तियार दु,रुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा दर्ता भएका धनकुटा जिल्लाका जम्मा ५० वटा मु,द्दा मध्ये २५ वटा स्थानीय निकायका रहेकाछन । प्रस्तुत तथ्याङ्क अनुसार शिक्षा तर्फ ११, भूमी व्यवस्था सम्बन्धि ३ भौतिक पूर्वाधार तथा यातायत सम्बन्धि २ गरि धनकुटाका ५० मु,द्दा दर्ता भएकाछन् ।

कार्यालयमा दर्ता भएको ५० मध्ये २२ वटा मु,द्दा फस्यौट भइसकेको र २८ वटा फस्यौट हुन बाकी रहेको अख्तियार दु,रुपयाेग अनुसन्धान कार्यालय ईटहरिले जनाएको छ ।

कार्यक्रममा भ्र,ष्टचार नि,यन्त्रण र सुशासन प्र,वद्र्धनको लागि के गर्न सकिन्छ ? विद्यमान सवैंधानिक कानुनी संरचना, अनुसन्धान र त,हकिकात सम्बन्धी आयोगको अधिकार, भ्र,ष्टचार निवारण ऐन २०५९ र दण्ड ज,रिवाना, भ्र,ष्टचारजन्य कार्यको प्रकृति, भ्र,ष्टचार नि,यन्त्रणका स,मस्याहरु, नेपाल सरकारलाई दिइएका सुझाव, आयोगको आगामी रणनीतिक योजना लगायतको विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंक चाैहान, प्रमुख जिल्ला अिधकार कृष्ण वहादुर घिमिरे, धनकुटा नगरपालिकाका प्रजिमुख चिन्तन तामाङ, उपप्रमुख सकुन्तला वस्नेत, शिहदभूमि गाउँपालिकाका अध्यक्ष मनाेज राई, पत्रकार महासंघ धनकुटाका सचिव विदुर खवास लगायतकाले मन्तव्य राखेका थिए । उनिहरुले भ्र,ष्टचार नियन्त्रणका लागि सवैले आ-आफ्नाे तर्फवाट लाग्नुपर्नेमा जाेड दिएका थिए ।

कार्यक्रममा अख्तियार अनुसन्धान आयोग कार्यालय इटहरीका सह–सचिव चन्द्र बहादुर बुढाको अध्यक्षतामा भएकाे कार्यक्रममा आयोगका शाखा अधिकृत गिरीराज भट्टराईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।