अर्थमन्त्रीको दा वी : बजेटको ९० प्रतिशत ख र्च हुन्छ

काठमाडाैं,फागुन १६ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्रीको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षमा संशोधित बजेटको ९० प्रतिशतभन्दा बढी खर्च हुने बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने, ‘विकास खर्च भनेर पुँजीगत खर्च मात्र लिदैनौँ, समग्र खर्चलाई नै हेर्नुपर्ने हुन्छ । बजेटको संशोधित अनुमान ९० प्रतिशतभन्दा बढी खर्च हुनेछ ।’

उनले प्रदेश र स्थानीय तहमा गएको वजेट फ्रिज भएर सङ्घीय सञ्चय कोषमा आउने व्यवस्था अन्त्य गरिएकाले गत वर्ष खर्च नभएको बजेट प्रदेश र स्थानीय तहमै रहेको र त्यहाँ खर्च भएको तर लेखा समायोजन भइनसकेको बताए।

उनले भने, ‘त्यसबाट घेरै बजेट खर्च भइरहेकाले सङ्घले थप बजेट ससर्त अनुदानको रकम दिनु नपरेका कारण सङ्घको बजेटमा कम खर्च भएको देखिएको छ।’ गोरखापत्र दैनिकमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।