कांग्रेस नेता शेखरसँग डेढ घण्टा बि ताएका ओलीले प्रचण्डप्रति गरेछन् यस्तो शं का

काठमाडौं, फागुन १६ । पार्टीभित्रको आन्तरिक कलह उत्कर्षमा पुगिरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेतासँग परामर्श गरेका छन्।

ओलीले बिहीबार बिहान कांग्रेस नेता शेखर कोइरालासँग डेढ घण्टा कुराकानी गरेका थिए।

के के भए त कुरा? आजको कान्तिपुरले शेखर कोइरालासँग प्रतिक्रिया लिएको छः

तपाईं प्रधानमन्त्रीलाई भेट्न आफैं जानुभएको हो कि बोलाएर?
उहाँले बोलाएर गएको हुँ। करिब डेढ घण्टा कुराकानी भयो।

कस्तो कुराकानी भयो?
पहिलेभन्दा धेरै चिन्तित भएको देखें। राष्ट्रिय सभाकै विषयमा उहाँ तनावमा हुनुहुन्थ्यो।

कसलाई मानोनीत गर्दै छु भन्नुभयो?
तपाईंलाई के लाग्छ भन्नुभयो। मैले मन्त्रिपरिषद्को सिफारिसले बनाउने हो, तपाईंले जसलाई बनाए पनि हुन्छ तर एउटा व्यक्तिका लागि संंविधान संशोधन गर्न खोज्नुभयो भने दुर्भाग्य हुन्छ। तपाईंले थाम्न सक्नुहुन्न भनें।

सरकार संकटमा पर्न लागेको बताउनुभएको हो?
प्रत्यक्ष भन्नुभएन तर संकेत त्यस्तै थियो। मैले शेरबहादुरजीसँग पनि कुराकानी गर्नुस् भनें। उहाँले दुई दिनअघि कुराकानी भन्नुभयो। उता प्रचण्डजीले पनि भेटेको कुरा गर्नुभयो। प्रचण्डजी र शेरबहादुरजीको कुराकानीले कता कता सशंकित भएजस्तो लाग्यो।

सरकारकै विषयमा थप केही भन्नुभएको थियो?
नैतिकताका आधारमा हामीले पनि राजीनामा मागेका छौं भनेर मैले भनें। प्रतिपक्षले भन्ने कुरा बेग्लै पार्टीका मान्छेले पनि जथाभावी बोल्दै हिँडेका छन् भन्नुभयो।

अरू पनि विषयमा छलफल भयो कि?
एमसीसीका विषयमा लामै कुराकानी भएको थियो। अमेरिकाले त्यत्रो अनुदान दिएको छ। नलिने भन्छन् हाम्रै साथीहरू भन्दै दुःखमनाउ गर्दै हुनुहुन्थ्यो। अमेरिकाको अनुदान सहयोग नलिए ट्रान्समिसन लाइन कसरी बन्छ? भन्नुभयो। मैले पनि तपाईंहरूले यसलाई संसदबाट पारित गराउन सक्नुभएन भने बैंकहरूसमेत डुब्ने अवस्था आउन सक्छ भनें। उहाँले हो भन्नुभयो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖