धनकुटा देखि धरान सम्म ‘एकल म्याराथुन’ दौ,डदै धनकुटाका देविन्द्र !
धनकुटा खबर, १६ फागुन । वैदेशिक रोजगारीको सिलसिलामा वहराईनमा वस्दै आउनु भएका धनकुटा नगरपालिका वडा नं ७ का वर्ष ३७ का देविन्द्रवहादुर लिम्वुले भोली बिहान ५ बजे बाट धनकुटा देखि धरान सम्म एकल म्याराथुन दौ,डने भएका छन् ।
धनकुटाको वसपार्क देखि धरानको वसपार्क भानुचौक सम्म करिव ५५ किलोमिटर दौड यहि फागुन १७ गते विहान पाँचवजे शुरु गर्ने लागेको जानकारी दिए ।
लिम्वुका अनुसार अहिले अधिकांश मानिसहरु अन्यत्र वसाईसराई गईरहेकोले धनकुटा उ,जाड वन्दै गएकोमा धनकुटामा पनि अपार सम्भावनाहरु रहेका छन् अन्यत्र वसाई हिड्न पर्दैन भन्ने सन्देस दिन र धनकुटाको चहलपहल वढाउने उदेश्यले म्याराथुन दौड दौडन लागेको वताउनुभयो ।

उहाँले नेपाल सरकारले मनाउदै गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै खेलकुद स्वास्थ्यका लागि सवैभन्दा उत्तम विधा हो भन्ने अरुलाई सन्देश दिन र यसतर्फ युवाहरुलाई उ,त्प्रेरणा प्रदान गर्ने उदेश्यले समेत एकलरुपमा धनकुटा देखि धरान सम्म म्याराथुन दौड दौडिने तयारी गरेको वताउनुभयो ।
लिम्वुले यसअघि वहराईनमै आफु कार्यरत कम्पनी जीपीआईसीले आयोजना गरेको ४३ किलोमिटर दूरीको म्याराथुन दौडमा पाँचौ स्थान हासिल गरिसक्नुभएको छ भने सोही देशमै अमेरिकन वुमेन एशोसिएसनले आयोजना गरेको चार किलोमिटरको मिनि म्याराथुनमा समेत तेश्रो स्थान हासिल गरिसक्नुभएको छ ।
लिम्वुका अनुसार धनकुटा देखि धरान सम्म हाल सम्म कोही पनि न,दौडिएका कारण इतिहास रच्नका लागि समेत आफु दौडिन लागेको वताउनुभयो ।


