नारी दिवसमा धनकुटाको हिलेमा वृहत कन्सर्ट गरिने, अभया सुब्बाको व्याण्ड आऊँदै
धनकुटा खबर । यहि फागुन २५ गते आईतवार नारी दिवसको अवसरमा धनकुटाको हिलेमा वृहत ओमन ईन कन्सर्ट २०२० आयोजना गरिदैछ । महिला दिदीवहिनीहरुलाई विभिन्न क्षेत्रवाट अघि वढ्न हौसला प्रदान गर्ने लक्षका साथ सिर्जनशिल साँस्कृतिक समूह हिलेको आयोजनामा कन्सर्ट हुन लागेको हो ।
कन्सर्टमा रक पप कलाकार अभया सुब्बा को “अभया एण्ड द स्टिम ईञ्जन्स” व्याण्ड हिले आउने कन्सर्ट आयोजक सिर्जनशिल साँस्कृतिक समूहले जनाएको छ । कन्सर्ट लागि आवश्यक तयारी स्वरुप आज वैठक वसि विभिन्न समितिहरु गठन गरिएको छ ।

समूहका अध्यक्ष भूपेन्द्र थिङको अध्यक्षतामा वसेको वैठकले कन्सर्टका लागि सञ्जिव तितुङको संयोजकत्वमा कलाकार व्यवस्थापन समिति,सजेन्द्र तामाङको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति र हिले फुटवल क्लव र हिले तेक्वान्दो संघको संयुक्त संयोजकत्वमा स्वयम् सेवक परिचालन समिति गठन गरिएको समूहका सचिव जुनल राई ले जानकारी दिनुभयो ।
सहयोगी संस्थाहरु हिले भलिवल क्लव, हिले फुटवल क्लव,हिले व्याडमिण्टन क्लव, हिले तेक्वान्दो क्लव, दिप ज्योति वोर्डिङ स्कूल लगायत रहने समूहले जनाएको छ । त्यस्तै विशेष सहयोगी सञ्जिव तामाङ र साकार राई रहेकाछन् ।


