‘भान्जी’ ले दिँदैछिन् ओलीलाई मि र्गौला

काठमाडौं, फागुन १९ । प्रधानमन्त्री निवास बालुवाटारमा अघिल्लो आइतबार छुट्टै रौनक थियो। ११ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेकाले प्रधानमन्त्री सचिवालयका सदस्यहरु भेला भएका थिए।

उनलाई जन्मदिनको शुभकामना दिँदै सानो केक पनि काटेका थिए। प्रधानमन्त्री निवासमा प्रायः देखिइरहने एक महिला पनि त्यही उपस्थित थिइन्।

केही समययता प्रधानमन्त्री निवासमा बाक्लै आउजाउ गरिरहेकी ती महिला नातेदार हुन् भन्नेबाहेक सचिवालयमै कार्यरत धेरैलाई उनको परिचय थाहा थिएन।

त्यस दिन भने प्रधानमन्त्री ओलीले आफैँले ती महिलाको परिचय गराए। सचिवालयका उपस्थित सदस्यहरुलाई ओलीले भने, ‘मलाई मि र्गौला दिने उनै हुन्।’

प्रधानमन्त्रीले सचिवालयका सदस्हरुलाई मि र्गौला दाताका रुपमा चिनाइएकी ३२ वर्षीया ती महिला झापाकी हुन्।

नातामा उनी ओलीकी ‘भान्जी’ पर्छिन्। यो खबर आजको कान्तिपुर दैनिकमा स्वरुप आचार्य र बिनु सुवेदीले लेखेका छन्।

झापा चारआलीकी ती महिला पहिले ओलीलाई मि र्गौला दिने अन्जान घिमिरेकी भान्जी हुन्। त्यस हिसाबले उनी प्रधानमन्त्री ओलीकी पनि भान्जी नाता पर्ने पारिवारिक स्रोतहरुको भनाई छ।

अन्जान प्रधानमन्त्री ओलीकी भाइबुहारी हुन्। ओलीका भाइ तारा ओलीकी श्रीमती उनी राष्ट्रपति कार्यालयमा कार्यरत छिन्।

स्रोतका अनुसार भान्जी पर्ने महिलाको दाहिनेतर्फको ‘१०.२ बाई ३.८ सीएम’ आकार रहेको मि र्गौला झिकेर प्रधानमन्त्री ओलीमा प्र त्यारोपण गरिने छ।

दाता महिलाको गतसाता नै सबै शारीरिक प रीक्षण सकिएको छ।

ओलीलाई उनको मि र्गौला प्र त्यारोपण गर्ने टुंगो मंसिरको दोस्रो साता नै लागेको थियो।

प्रधानमन्त्रीको दोस्रो पटक मि र्गौला प्र त्यारोपण त्रिवि शिक्षण अस्पतालमा बुधबार हुने भएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।