वीउ विजन कि नबेचमा ४६ लाख भ्र ष्टाचार, सात जनावि रुद्ध मु द्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक धर्मराज अधिकारी सहित सात जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

प्रबन्ध सञ्चालक धर्मराज अधिकारी, सञ्चालक समितिका अध्यक्ष र सदस्यहरु तथा कर्मचारीको मिलेमतोमा बीउ खरिद तथा आर्थिक मसान्त सकिएपछि पनि निजी बीउ व्यवसायीसँग मकै बीउ कम्पनीले खरिद गरेको विषयमा अख्तियारले छानविन गरेको थियो । सो प्रकरणमा दोषी देखिएपछि अख्तियारले अनियमितता गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

तत्कालीन राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक धर्मराज अधिकारी समेतको मिलेमतोमा कम्पनीको अनुदानमा कृषकहरुलाई उपलव्ध गराउने मकैको बीउ “कृषकहरुलाई उन्नत बीउ बिजन खरिद मूल्यमा अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधी, २०६८“ अनुसार वितरण नगरी खरिद तथा बिक्री वितरण गरेको आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

क. तत्कालीन राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड, कुलेश्वर, काठमाडौंका प्रबन्ध सञ्चालक धर्मराज अधिकारीलाई अनुदानमा विक्रि वितरण गर्नुपर्ने ११८.४६० (एकसय अठार दशमवल चार छ) मेट्रिकटन उन्नत जातको मकैको बीउ खरिद नै नगरी झुठ्ठा कागजपत्र बनाउने कार्य गरेको अभियोग लगाइएको छ । उनलाई राज्यको कोष दुरुपयोग गरी बीउ खरिद बिक्री वितरण गरेको देखाई नेपाल सरकारको अनुदान रकम ४६,१५,२०१ रुपैया बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।