वालुवाटार ‘भि त्रिया’ को च लखेल जसको कारण ग लहत्याइए लिलामणि

काठमाडौं,फागुन २१ ।  मन्त्रिपरिषद्ले आइतबार साँझ लिलामणि पौड्याललाई फिर्ता बोलाउँदै पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई बेइजिङ पठाउने निर्णय गरेको छ । पन्ध्र दिनको भाका राखेर राजदूत पौड्याललाई फर्काउनुको कारणबारे बजारमा विभिन्न हल्ला व्याप्त छन् । प्रधानमन्त्रीसँग मत नमिलेकोदेखि प्रचण्डसँग बदला लिनसम्मका हल्ला भएपनि भित्री र खास कारण अर्कै रहेको परराष्ट्रमा गाइँगुइँ छ ।

अहिले चलेको हल्ला सही हो भने पहिल्यै नै पौड्याल फिर्ता भैसक्नुपर्ने थियो । तर, अहिले आएर हठात् यस्तो निर्णय हुन गयो । त्यसो भए किन गलहत्याए त लिलामणि ?

बेइजिङस्थित अहिलेको नेपाली दूतावास चार दशकअघि बनेको हो । पुरानो भव भएकाले मक्किएर भत्किन लागेको छ । परराष्ट्रका एक जना उच्च अधिकारीका अनुसार भवनमा पानी पसेर दुःख दिनेगर्छ ।

पौड्याल गएपछि नयाँ भवन बनाउने योजना अगाडि सारे । सोही अनुसार केही महिनाअघि नेपाल सरकारले इञ्जिनियर पठायो । चिनियाँ सरकारको रोहबरमा इस्टिमेट भयो । एक अर्ब ४० करोड नेपाली रुपैयाँको लागत तयार भयो र त्यसैलाई मन्त्रालयले स्वीकृत पनि ग¥यो । कोरोनाभाइरसको संक्रमण नभएको भए यतिबेला नयाँ भवन निर्माणको काम थालिसक्थ्यो ।

लिलामणिलाई फिर्ता बोलाउनुको एउटा कारण त्यही पैसाको चलखेल हुनुपर्छ । यति ठूलो बजेट हुँदा कम्तीमा पनि १० प्रतिशत कमिसन आउँछ । त्यो भनेको १४ करोड रुपैयाँ हो । भ्रष्टाचार नै गर्ने हो भने ३० करोड जति हिनामिना हुनसक्छ ।

तर, लिलामणि बेइजिङमा रहँदासम्म एक पैसा पनि झर्ने कसैले ठानेनन् । जम्मा ८ महिना कार्याविधि बाँकी रहे पनि उनकै कार्याकालमा नयाँ भवन बनाउने परियोजना शुरु हुने निश्चित जस्तै भयो ।

खराब व्यापारीहरुले चलखेल गर्न थाले । यसमा मुख्य भूमिका वालुवाटरका एक जना भित्रिया र केही व्यापारीले खेलेको स्रोत बताउँछ । मन्त्री प्रदीप ज्ञवालीले शुरुमा आफ्नै जिल्लावासीलाई हठात हटाउन मानेका थिएनन् । तर, चर्को दबाब आएपछि उनी पनि बाध्य बने ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।