माधव नेपाललाई प्रधानमन्त्रीको अ फर!

काठमाडौं, फागुन २१ । ‘तपाईंलाई असहयोग गर्ने भनेको छैन। तर सहयोग पनि के नाममा गर्ने? कुन कुरा हेरेर गर्ने, योचाहिँ राम्रो गर्नुभयो भनेर सहयोग गर्ने?’

यो संवाद हो, गत बुधबार साँझ ४ बजेर २० मिनेट जाँदा बालुवाटारमा भएको।

आजको जनआस्था साप्ताहिकका अनुसार पौने ३ बजेतिर सचिवालयको बैठक सकिएर सबै हिँडिसकेका थिए।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भएभरका सञ्चारमाध्यम अघिल्तिर उभिएर निर्णयबारे जानकारी दिएलगत्तै अध्यक्षबाटै फरक धारणा आयो।

कोटेश्वर नपुग्दै माधव नेपाललाई फोन गयो। ‘एकदमै जरुरी छ, तपाईं फर्किनुपर्ने भयो कमरेड।’ माधव नेपाल फेरि बालुवाटार पुगे।

प्रधानमन्त्रीको एउटै आग्रह थियो, ‘मलाई सहयोग गर्नुपर्यो।’

प्रधानमन्त्री केपी ओलीले भने, ‘वामदेवलाई राष्ट्रियसभामा लैजान नसक्ने मेरा केही बाध्यता छन्। मैले युवराज खतिवडालाई दोहोर्याउने भनेर बचन दिइसकेको छु। राष्ट्रिय सभामा पनि त्यो कुरा सुनाइसकेको छु। राष्ट्रपतिलाई पनि त्यो कुरा सुनाइसकेको छु। यसमा मलाई साथ दिनुपर्यो।’

तर माधव नेपालले मानेनन्। उनले भने, ‘तपाईंले डेढ घन्टाअघि नै मेरो बाध्यता यो छ भनेर किन भन्नु भएन? मेरो बाध्यता यो छ भनेको भए हामी पनि कुरा बुझ्थ्यौँ नि। जेएन, म र प्रचण्ड गरी तीनै जना प्रधानमन्त्री भइसकेका मान्छे त्यहीँ थियौँ त।’

माधवले आश्चर्य मान्दै भने, ‘निर्णय भइसकेपछि मान्दिन भन्न पाइँदैन। तपाईं विश्वस्त हुनुस्, जे भए पनि सरकार तलमाथि हुँदैन। यदि सरकार तलमाथि हुने थियो भने उहिल्यै भइसक्थ्यो। किने भने, यसबीच के कस्ता अफर आए, कता कताबाट कस्ता कस्ता चलखेल भए? मेरै हकमा पनि कस्ताकस्ता प्रस्ताव आए? तपाईंलाई थाहै छ। तर म कहिल्यै त्यतातिर लागिन।’

आफूलाई प्रधानमन्त्रीको अफर आएको र आफूले चाहेको भए सरकारले उहिल्यै ढलिसक्थ्यो भन्दै माधव नेपालले निर्णयबाट पछि फर्कन नसकिने अडान ओलीलाई सुनाए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।