विभूषणसम्बन्धी नयाँ वि धेयकको मस्यौदा : आफ्ना नातेदारलाई सि फारिस गर्न न पाइने

काठमाडाैं,फागुन २२ ।  आफू र आफ्ना नातेदारलाई सरकारले दिने मानपदवी सिफारिस गर्ने प्रचलन अन्त्यको प्रस्ताव गर्दै विभूषणसम्बन्धी नयाँ विधेयकको मस्यौदा सार्वजनिक गरिएको छ ।

नेपाल कानुन आयोगले विभूषणसम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक सरोकारवालाको छलफलका लागि सार्वजनिक गरेको हो । विधेयक तर्जुमापछि आयोगले विभागीय मन्त्रालयलाई हस्तान्तरण गर्ने छ ।

प्रस्तावित मस्यौदाले सिफारिस समितिमा रहेका व्यक्तिबाटै आफू र नातेदारलाई समेत मानपदवी सिफारिस गर्न नमिल्ने व्यवस्था प्रस्ताव गरेको छ । प्रचलित कानुनले परिभाषित गरेका नातेदारलाई मानपदवी सिफारिस गर्न नपाउने व्यवस्था मस्यौदामा उल्लेख छ । सिफारिस समितिमा रहेका सदस्यहरूले स्वार्थ भएका व्यक्तिलाई मानपदवी सिफारिस नगरिएको स्वघोषणासमेत गर्नुपर्ने छ ।

मस्यौदा विधेयकको दफा ४७ मा भनिएको छ, ‘यस ऐनबमोजिम विभूषण प्रदान गर्न सिफारिस गर्न अधिकार भएका अधिकारी वा समितिका सदस्यले विभूषण सिफारिस गर्दा आफू वा आफ्नो स्वार्थ भएका व्यक्तिलाई विभूषणका लागि सिफारिस गर्नु वा गराउनु हुँदैन ।’

स्वार्थ भएका व्यक्तिले नजिकको नातेदार पनि समेट्ने छ । यस्ता व्यक्तिलाई समेत सिफारिस गर्नुपर्ने अवस्था आए समितिको बैठकमा प्रस्तावकै रूपमा पेस गर्नुपर्ने छ । स्वार्थ भएका सदस्यले त्यस्तो बैठकमा भाग लिन नमिल्ने व्यवस्था विधेयकमा प्रस्तावित छ । गोरखापत्र दैनिकमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖