कोरोना वि रुद्ध २० थरीका खो पको विकास
काठमाडौं, फागुन २२ । विश्वमा कोरोना भा इरसको स ङ्क्रमण फैलने क्रममा हालसम्म ७७ देश कोरोना स ङ्क्रमणबाट प्रभावित भएको छ । यो सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
विश्व स्वास्थ्य सङ्गठनले एसियाका नेपालसहित पाँच देश उच्च जो खिममा रहेको भन्दै अनुगमन गरिरहेको छ । हालसम्म कोरोनाले म र्नेको सङ्ख्या तीन हजार २०३ पुगेको छ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा.टेड्रोस अदानम गेब्रियसले बुधबार चीनबाहेक ८० प्रतिशत कोरोना स ङ्क्रमण कोरिया, इरान र इटालीको रहेको जनाएका छन्। यो खबर आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन्।
ग्रेबियसले कोरोनाको उपचार पद्धति र खो प उपचार पहिले नआएको बताएका छन्। तथापि हालै गरिएका प रीक्षणले २० वटा खोप विकास भइसकेका उनले बताए।
यिनको चिकित्सकीय परीक्षण चलिरहेको छ । उनले मौसमी फ्लु नियन्त्रण गर्न नसकिने तर कोरोना भा इरस नियन्त्रण सम्भव रहेको विश्वमाझ जानकारी दिएका छन्।
अन्य फ्लुमा देशहरूले सम्पर्कविच्छेद गर्दैनन् तर कोरोनामा गर्नुपर्छ। यसले सङ्क्रमणबाट जीवन बचाउँछ । यी फरकका आधारमा विश्व स्वास्थ्य सङ्गठनले अन्य फ्लुभन्दा कम फैलने र सङ्क्रमण नभएको मानिसबाट सर्दैन भनेको छ । तर कोरोनाले गम्भीर बिरामी निम्त्याउँछ।
यसको कुनै खोप र उपचार पद्धति भएर लागू भएको अवस्था छैन । यथासक्य छिटो त्यो उपचार र खोप पद्धति विकास गर्न सबै देशको सहभागिताका लागि आह्वान गरिएको छ । त्यस्तै फ्लुको जसरी उपचार नगर्न सिफारिस गरिएको छ।


