एम्बाप्पेको ह्या ट्रिकमा पीएसजी लगातार छैटौँ पटक फ्रेन्चकपको फा इनलमा
एजेन्सी । काइलियान एम्बाप्पेको ह्याट्रिकको मद्दतले पेरिस सेन्ट जर्मेनले लियोनलाई हराउँदै लगातार छैटौँ पटक फ्रेन्च कपको फाइनलमा स्थान पक्का गरेको छ । पीएसजीले लियोनलाई ५–१ को विशाल अन्तरले पराजित गरेको हो ।
खेलमा अग्रता भने लियोनले लिएको थियो । मार्टिन टेरियरले खेलको ११ औँ मिनेटमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए । तर, लगत्तै एम्बाप्पेले पीएसजीलाई खेलमा फर्काए ।
पहिलो हाफ १–१ को बराबरीमा अन्त्य भए पनि दोस्रो हाफमा पीएसजीले गोलको वर्षा ग-यो । एम्बाप्पेले आफ्नो ह्याट्रिक पूरा गरे भने नेयमारले पेनाल्टीबाट एक गोल थपे । अर्को गोल पाब्लो साराबियाले गरे ।
थोमास टुचेलको टोलीले अप्रिल २५ मा खेलिने फाइनलमा सेन्ट एटिने र रेनेसबीचको विजेतासँग भिड्नेछ । गत सिजनको फाइनलमा पीएसजी रेनेससँग फाइनलमा पेनाल्टीमा स्तब्ध बनेको थियो । त्यसअघिका चार फाइनलमा भने पीएसजीले कब्जा जमाएको थियो ।
पीएसजी घरेलु लिगमा २३ खेलमा अपराजित रहेको छ । लिग वानको शीर्ष स्थानमा १३ अंगको अग्रता बनाएको छ । अप्रिल ४ मा पीएसजीले फ्रेन्च लिग कपको फाइनलमा लियोन कै सामना गर्दैछ ।


