यु ट्युवर छ्या प्छ्याप्ती, क ति हुन्छ क माई?

काठमाडौं, फागुन २२ । पछिल्लो आधा दशकदेखि नेपालमा युट्युवमा क्रेज थामिनसक्नु भएको छ।

युट्युवमा विभिन्न विषयका भिडियो बनाएर अपलोड गर्नेहरु छ्याप्छ्याप्ती छन्।

युट्युवमा भिडियो हालेर लोभलाग्दो ख्यातीसँगै आम्दानीमा पनि मालामाल छन् युट्युवरहरु।

युट्युवबाट आम्दानी राम्रै हुन थालेपछि पछिल्लो समय बोल्न सक्ने, कन्टेन्टको खोजी र डिजाइन गर्न सक्ने हजारौँ युवायुवती च्यानल खोलेर युट्युवमा भिडियो हाल्न तल्लिन छन्।

युट्युवमा नियमित भिडियो हाल्ने र राम्रो भ्युज जाने च्यानलबाट राम्रै आम्दानी हुने युट्युवर उत्सव रसाइलीले बताए।

‘रमाइलो छ टडकम’ अनलाइनसमते चलाइरहेका उनले युट्युवमा भिडियो अपलोड गर्नकै लागि पुतलीसडकको स्टार मलमा अफिसमेत राखेका छन्।

एक वर्षमै २ लाखभन्दा बढी सब्सक्राइबर बटुलेका उनको कमाई मासिक दुई लाख भन्दा बढी छ।

चार लाख सब्सक्राइबर पुग्न लागेको च्यानल ‘फिल्मी न्युज’का सञ्चालक हुन् अनुप भट्टराई। उनले मासिक तीनदेखि पाँच लाखसम्म आम्दानी गर्छन्।

‘कमाइसँगै भिडियो बनाउन पनि निकै खर्च भइरहेको छ,’ उनले भने।

आज बिहीबार प्रकाशित भएको शुक्रबार साप्ताहिकमा सुरज खड्काले लेखेको समाचार अनुसार युट्युवमा आम्दानीसँगै प्रसिद्धि पनि छ।

युट्युवमा भिडियो हालेर पैसा कमाउने हो भने सुरुमा च्यानल मोनोटाइज भएको हुनुपर्छ।

च्यानल मोनोटाइज हुनको लागि सबैभन्दा पहिलो मापदण्ड एक हजार सब्सक्राइबर पुगेको हुनुपर्छ। त्यसपछि च्यानलमा चार हजार घन्टा बाच टाइम पनि पुगेको हुनुपर्छ।

युट्युवमा हालिएको भिडियोले पैसा कमाउने विषय धेरै कुरामा निर्भर रहेको छ।

भिडियोको प्रकार र विज्ञापनहरुको मूल्यले भिडियोले के कति पैसा कमाउछ भन्ने निर्धारण गर्छ।

नेपालबाट अपलोड गरेको भिडियोहरुको टे«न्ड हेर्दा ५ लाख भ्यूज भएको एउटा भिडियोले करिब पाँच सय डलर कमाएको देखिन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।