प्रधानमन्त्री ओलीको स्वा स्थ्यबारे पछिल्लो अपडेट : कस्तो छ अ वस्था ?

काठमाडाैं,फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओली हिंड्डुल गर्न थालेका छन् । बुधवार त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई शुक्रवार तेस्रो दिन हिँडडुल गराउन र ठोस खानेकुरा दिन थालिएको छ ।

मिर्गौला प्रत्यारोपण भएको तेस्रो दिन उनको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीले आफ्ना प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग मोबाइलमा कुरा गर्दै भने, ‘मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । छिट्टै काममा फर्किन्छु।’

सो क्रममा प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले पहिलोपटक भेटेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । तर, चिकित्सकहरूले अन्य कसैलाई पनि भेट्न दिएका छैनन् ।

चिकित्सकका अनुसार शुक्रवारदेखि उनलाई हिंँडडुल गराउन थालिएको ह। साथै प्रधानमन्त्री ओलीलाई ठोस आहार पनि दिन थालिएको छ ।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाका अनुसार प्रधानमन्त्रीको सबै भाइटल तथा ल्याब सूचकहरू पनि सामान्य अवस्थामा छन् । क्रमिक रूपमा सुधार हुँदै आए प्रधानमन्त्री ओलीलाई सोमवार अस्पतालबाट
डिस्चार्ज गर्ने तयारी छ । यद्यपि, स्वास्थ्यमा उतार चढाव देखिए केही दिन लम्बिन सक्ने चिकित्सकले बताएका छन् ।

यस्तै, प्रधानमन्त्रीलाई मिगौला दान गरेकी उनकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि क्रमिक सुधार भएको छ । उनलाई पनि ठोस खानेकुरा दिन थालिएको अस्पतालले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।