रा तारात कालोपत्रे हुन थाले काठमाडौँका सडक, रा तभर सुत्दैनन् का मदार

काठमाडौं, फागुन २४ । अहिले उपत्यकाका धेरै सडक खण्डमा बेलुका खाल्टाखुल्टी भएको ठाउँमा बिहानसम्म कालोपत्रे थपिने क्रम बढिरहेको छ।

काठमाडौंमा मात्र पाँच दिनमा डबल लेनमा झन्डै पाँच किलोमिटर कालोपत्रे थपिएको छ । अहिलेसम्म उपत्यकामा आवधिक मर्मतसहित झन्डै ३२ किलोमिटर सडकमा कालोपत्रे भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, प्रधानमन्त्रीका पूर्वाधार विज्ञ गजेन्द्र थपलिया र सडक विभागका पदाधिकारीको सक्रियताले उपत्यकाको सडकको स्तरोन्नति, मर्मत तथा कालोपत्रे थप्ने तथा खाल्टाखुल्टी पुर्ने काममा परिवर्तन आएको हो।

त्यहीँ परिवर्तनको नतिजा दिलाउन खटिने कर्मचारीको कथा भने मार्मिक छ। उनीहरूले न निन्द्रा भन्न पाएका छन्, न सार्वजनिक बिदा । त्यति मात्र हैन, दिउँसो कार्यालय र रातभरि फिल्डमा खटिने कर्मचारीले थप सुविधा बिना नै काम गरिरहेका खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।

सडक विभाग डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले बिहीबार रातभरि काममा खटिएको बताए।

‘हामीले बिहीबार बेलुकादेखि शुक्रबार बिहान करिब ६ बजेसम्म कालोपत्रे थप्ने काम गर्यौ,’ उनले भने। बिहीबार राति डिभिजन कार्यालय काठमाडौंले सोह«खुट्टे–बालाजु र कालिमाटी–विष्णुमती सडकखण्डमा कालोपत्रे थप्ने काम गरेको थियो।

शुक्रबार राति पनि त्यस सडक खण्डमा काम भइरहेको प्रमुख नेपालीले बताए । ‘हिजो रातभरि काम गरे पनि आज चाँहि ११÷१२ बजेसम्म मात्र गर्ने योजना छ, पानी पर्ला कि जस्तो देखिएको छ, त्यसैले रातभरि नगरौं भन्ने भयो ।’ शुक्रबार साँझ टेलिफोनमा उनले भने।

सडक विभागले हालै मात्र काठमाडौं भित्रने र बाहिरिने मुख्य नाका नागढुंगामा कालोपत्रे थप्ने काम सम्पन्न गरेको छ । त्रिभुवन विश्वविद्यालयको गेट अगाडि, सिंहदरबार अगाडि, टेकु, प्रदर्शनीमार्ग, बानेश्वरलगायतका सडकखण्डमा कालोपत्रे थप्ने काम सम्पन्न भएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले आफ्नो कार्यकाल सय दिन पुगेको अवसरमा १७ फागुनमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा २४ हजार तीन सय वर्गमिटर अर्थात् नौ हजार पाँच सय खाल्टाखुल्टी पुर्ने काम सम्पन्न भएको जानकारी गराएका थिए।

त्यस क्रममा काठमाडौं उपत्यकामा २७ किमी सडकमा आवधिक मर्मतसहित कालोपत्रे कार्य सम्पन्न भएको जानकारी गराएका थिए।

पाँच जना इन्जिनियर, १२ जना सब–इन्जिनियर काठमाडौं डिभिजनमार्फत खट्दै आएका छन् । सरकारले जेब्रा क्रसिङ तथा लेन बनाउने कामलाई पनि तीव्रता दिएको छ । तर, सर्वसाधरणको असहयोगले काम नै प्रभावहीन बनेको छ।

जेब्रा क्रसिङ निर्माणपछि सुक्नका लागि कम्तीमा १५ मिनेट आवश्यक पर्ने हुन्छ । तर, सर्वसाधरणले जथाभाबी सवारी चलाइदिनाले जेब्रा क्रसिङ बनाई नसक्दै उक्किँदै आएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।