प्रहरीका लत्ताकपडा ख रिदमा यस्तो अ नियमितता
काठमाडौं, फागुन २५ । नेपाल प्रहरीका लत्ताकपडा स्वीकृत नमूनाभन्दा फरक खरिद गरिएको छ।
ज्याकेट, ऊनी पाइन्ट–स्वेटर, कटन सर्ट–पाइन्ट, टिसर्ट, जुत्ता, मोजाजस्ता स्केलमा सामान स्वीकृत नमूनाभन्दा बाहिर गएर खरिद गरिएको खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।
ठेकेदारले स्वीकृत नमूनाभन्दा बाहिर गई बुझाएका सामान प्रहरी प्रधान कार्यालय भण्डारण शाखाले बिनाहिचकिचाहट बुझेको छ।
अहिले ठेकेदारले बुझाएका जर्सी, बुट, झोला, चुस्ता, ऊनका सर्ट, पाइन्ट, कटन पाइन्ट, ट्रयाक सुट, ब्यारेक क्याप, टप, बुट, पार्कर ज्याकेट स्वीकृत नमूनाभन्दा फरक छन्।
ठेक्का सम्झौतामा फागुनभित्र सबै सामान बुझाइसक्नुपर्छ। प्रहरी अधिकारी र ठेकेदारबीच लत्ताकपडाको नमुना परीक्षणमै सेटिङ भएर अनियमितता भएको पाइएको छ।


