छोरा न हुँदैमा के भयो र ?

जनकपुरधाम, २५ फागुन । छोरै किन चाहियो ? छोरी भए हुँदैन ? अझै धेरैले भन्छन्, ‘मर्दा कसले दागबत्ती दिन्छ ? कसले किरिया गर्छ ? ’ समय बदलियो। नयाँ पुस्ता बरु पुरानै सोचमा हुँदा मधेसका ज्येष्ठ महिला त्यो धारणा बदल्न कस्सिएका छन्। र, छोरीले अन्त्येष्टि गर्ने क्रम बढेको छ।

आउनुहोस्, ८० वर्षीया शीतलीदेवी साहको यस्तो ‘विद्रोह’ को सम्मान गरौं। जनकपुरधाम–७ जानकी नगरकी शीतलीदेवीका पति सय वर्षीय मुखिया साहको अघिल्लो शनिबार निधन भयो। तीन छोरीकी आमा शीतलीका आफन्त र समाज मुखामुख गर्न थाले, ‘मुखाग्नि कसले दिने ? ’

उनीहरूले आफूखुसी निर्णय गरे– भतिजाबाट अन्तिम संस्कार गराउने। तर, शीतलीले मानिनन्। हिम्मतसाथ भनिन्, ‘छोरीहरूले बुवालाई अन्तिम समयसम्म हेरचाह गरे। उनीहरूले दागबत्ती दिन्छन्। उनीहरूले किरिया गर्छन्।’

स्वजातका कथित जान्ने–बुझ्नेले मानेनन्। तिनीहरूलाई नाजवाफ बनाउने गरी उनले निर्णय सुनाइन्, ‘म उहाँको अर्धांगिनी हुँ, मै आगो दिन्छु।’ अन्ततः यसलाई कसैले अस्वीकार गर्न सकेन।

घरमा आइसकेका केही मान्छे यता–उता लागे। मुखियाको शवलाई तीन छोरी बेचनीदेवी, बुधोदेवी, फूलकुमारी र नाति अनुरागले काँधा दिए (बोके)। छोरीहरूले काँधा दिएकै कारण उनका नातेदार जति मलामीमा सहभागी हुनुपर्‍थ्र्यो, त्यति आएनन्।

वृद्धा शीतलीदेवी हातमा गुइँठा (जुन दागबत्ती दिन प्रयोग गरिन्छ) र उतरी (दाहसंस्कारपछि लगाउने लुगा) लिई अगाडि–अगाडि थिइन्। पछाडि उनका सय वर्षीय पतिको शव बोकेर तीन छोरी र एक नाति मसानघाट हिँडेको दृश्यले टोलवासी स्तब्धभन्दा बढ्ता चकित भए। र, मलामी जान तयार भएका धेरै घरभित्रैै छिरेर ढोका लगाए। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।