सुर,क्षा निकायमा ने,तृत्वतर्फ ल,म्कदै म,हिला

काठमाडौं, २५ फागुन । समाबेशीताको कारण सुर,क्षा निकायमा पनि म,हिलाको सहभागीता बढेको छ । विगतमा तल्लो तहमा सिमित म,हिलाहरु पछिल्लो समय उच्च तहसम्म पुगेका छन् । हाल नेपाली सेना, नेपाल प्रहरी र सश,स्त्र प्रहरी बलमा महिलाको संख्या करिब १५ हजार पुगेको छ ।

नेपाल प्रहरी, उच्च तहमा ल,म्कदै
नेपाल प्रहरीमा हाल ६ हजार आठ सय ४१ जना म,हिला छन् । जून कुल संख्यामा ८.६ प्रतिशत हो । प्रहरीमा एआईजी तहसम्म महिला पुगेका छन् । प्राविधिकतर्फ डा आशा सिंह एआईजीका रुपमा कार्यरत छिन् । प्रशासतर्फ भने महिलाहरु डिआईजीसम्म पुगेका छन् । नेपाल प्रहरीमा पहिलोपटक महिला भर्ना ००८ देखि सुरु भयो । ०४९ मा खुला प्रतिस्पर्धाबाट पहिलोपटक इन्स्पेक्टरमा महिला भर्ना भए । अहिलेकी एसएसपी पूजा सिंह त्यतिवेला भर्ना भएकी एक्ली महिला हुन् । इन्सपेक्टरको भर्नामा हरेक पटक कम्तीमा १० महिला भर्ना हुन थालेका छन् ।

सेनामा ५०६२ महिला
२०६१ सालसम्म पहिला नेपाली सेनामा प्राविधिक सेवामा मात्र महिलालाई भर्ना लिइन्थ्यो । महिलालाई समेत भर्ना लिन थालेपछि सेनामा महिलाहरुको संख्या बढेको छ । सेनामा प्राविधिकतर्पm महिलाहरु उच्च तहमा पुगेका छन् । सामान्य सेवातर्फ पहिलोपटक मेजर सुलोचना पौडेलले स्टाफ कोर्स पूरा गरेकी छिन् । नेतृत्व तहमा पुग्न सेनाभित्र स्टाफ कोर्स अनिवार्य छ । अहिले सेनामा ५ हजार ६२ महिला कार्यरत छन् । सामान्य सेवातर्फ महिला अधिकृतको संख्या एक सय ८३ पुगिसकेको छ । त्यस्तै प्राविधिकतर्फ दुई सय १४ जना छन् । महिलालाई प्राथमिकता सेना सेनाले उपत्यका पृतनाअन्तर्गत गोरखकाली गुल्ममा महिलालाई मात्र नेतृत्व दिने परम्परा सुरु गरेको छ ।

सश,स्त्रमा तीन हजार महिला
कान्छो सुरक्षा संगठन सश,स्त्र प्रहरुी बलमा स्थापनाकाल अर्थात् ०५८ देखि नै महिला सहभागिता थियो । इन्स्पेक्टरमा भर्ना भने ०६० देखि थालियो । पहिलो लटमै इन्स्पेक्टरमा भर्ना भएकी यमुना सिंखडा हाल डिएसपी छिन् । त्यस्तै पाँचौँ ब्याचमा भर्ना भएका रजनी थापा र लक्ष्मी थपलिया पनि गत वर्ष डिएसपीमा बढुवा भएका छन् । सश,स्त्रमा दुई हजार नौ सय ३३ महिला कार्यरत छन् । हाल नयाँ भर्ना चलिरहेकाले संख्या करिब तीन हजार पुग्ने सशस्त्र प्रहरी बलले जनाएको छ ।

तीनै वटा सु,रक्षा निकायमा गरेर महिलाको संख्या करिब १५ हजार पुगेको छ । नेतृत्व तहमा कम भएपनि अधिकृत तहमा महिलाहरुको भर्ना बढेको र उनीहरु पर्फमेन्समा समेत अगाडि भएकाले आगामी वर्षहरुमा सु,रक्षा निकायका उच्च पदमा समेत महिलाहरुको प्रभाव बढ्ने निश्चित छ । दृष्टीन्यूज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।