३८ क्विन्टल सुन त स्करीका यी तीन अ भियुक्त दुबईमा गर्दैछन् आ नन्दले व्यापार
काठमाडौं, फागुन २६ । ३८ क्विन्टल सुन त स्करीका तीन अ भियुक्तलाई दुबईमा प क्राउ परेको डेढ वर्षसम्म पनि नेपालले झि काउन सकेको छैन। बरु यूएई प्रहरीले तारेखमा छा डिदिएका उनीहरू दुबईमै व्यापार गरिरहेका छन्।
उनीहरू त स्करीका मुख्य लगानीकर्ता कृष्णगोपाल अग्रवाल, हरिशरण खड्का र रमेश उप्रेती हुन्। तीनै जना वि रुद्ध अन्तर्राष्ट्रिय अ पराध प्रहरी संगठन (इ न्टरपोल)ले रेड नोटिस जारी गरेपछि प क्राउ परेका थिए। यो खबर आजको नयाँ पत्रिकाले छापेको छ।
दुबई प्रहरीले उनीहरूलाई तारेखमा राखे पनि नेपाल फर्काउन मानेको छैन। उनीहरूको दुबईमा सुन पसल, रेन्टुरेन्ट तथा ट्राभल एजेन्सीमा लगानी छ।


