अमेरिकी राष्ट्रपति ट्रम्पले झु क्किएर कोरोना सं क्रमित व्यक्तिसँग हात मिलाएपछि

काठमाडौं, फागुन २६ । अमेरिकी उच्चस्तरीय राजनीतिक सम्मेलनमा सहभागी भएका एक व्यक्ति कोरोना संक्रमित भएको पाइएको छ। जुन सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्स पनि सहभागी थिए।

वासिङ्टननजिक नजिक फेब्रुअरीमा भएको उक्त कार्यक्रममा ट्रम्प र पेन्ससहित कैयौं क्याबिनेट सदस्य र ह्वाइट हाउसका शीर्ष अधिकारी सहभागी भएका थिए। कार्यक्रम आयोजक अमेरिकन कन्जरभेटिभ युनियनले रोग नियन्त्रण र रोकथाम केन्द्रलाई उद्धृत गर्दै शनिबार ट्विट गरेको छ।

‘यो भाइरस सम्मेलनभन्दा अघि नै फैलिएको थियो। न्युजर्सीका एक अस्पतालले सहभागी एक व्यक्तिको जाँचमा पोजेटिभ पाएको बताएको छ।’ एजेन्सीलाई उधृत गर्दै आजको नेपाल समाचरपत्रले खबर छापेको छ।

युनियनका प्रमुख म्याट स्केल्पले वासिङ्टन पोस्टलाई आफूले संक्रमित व्यक्तिसँग कुरा गर्दा उनले सम्मेलनमा अन्तिम दिन मञ्चमा ट्रम्पसँग हात मिलाएको बताएको जानकारी दिएका छन्।

कोरोना भाइरस ह्वाइट हाउसनजिक पुगेको विषयमा सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘म चिन्तित छुइनँ। कोरोना भाइरस फैलिरहे पनि मेरो चुनावी अभियान जारी रहन्छ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।