अ स्ट्रेलियामा को रोना सं क्रमित ती नेपाली नेपालका कहाँका हुन् र उनी को-कोसँग स म्पर्कमा थिए?

काठमाडौं, फागुन २६ । नेपालबाट सिंगापुर टान्जिट भएर फागुन १४ गते अस्ट्रेलिया पुगेका २० वर्षीय एक नेपाली युवालाई कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ।

सिंगापुरमा लामो ट्रान्जिट हुँदै अस्ट्रेलिया पुगेपछि ती युवालाई श्वासप्रश्वासमा समस्या आएको जानकारी परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ। ट्रान्जिटमै वा हवाई यात्रामा भाइरस सरेको हुन सक्ने प्रारम्भिक आ शंका छ।

अस्ट्रेलिया पुग्नासाथ स्वास्थ्यमा समस्या भएपछि अस्पताल पुगेका नेपाली विद्यार्थीलाई चिकित्सकले घरमै आइसोलेसनमा बस्न आग्रह गरे पनि अटेर गरेको सूचना नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ।

त्यसबीचमा उनले रेस्टुरेन्टमा काम गर्दै आएका थिए। तर, स्वास्थ्य धेरै खराब भएपछि उनी फेरि अस्पताल पुगेका थिए।

हाल आइसोलेसन वार्डमा राखिएका उनको व्यक्तिगत विवरण दूतावासबाट नआएको परराष्ट्र मन्त्रालयका सम्बन्धित डेस्क हेर्ने एक अधिकृतले बताए।

उनले भने, ‘हामीले नेपाली दूतावाससँग ती व्यक्तिको विस्तृत विवरण मागेका छौँ, हामीले मागेको विवरण प्राप्त भएपछि मात्रै विस्तृत भन्न सक्छौँ।’ यो खबर आजको नयाँ पत्रिकाले छापेको छ।

स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालाले पनि संक्रमित व्यक्तिको पहिचान खुलिनसकेको बताए।

ती व्यक्ति नेपालमा कहाँ बसेका थिए र को कोसँग सम्पर्कमा थिए भन्ने खोजी भइरहेको र विश्व स्वास्थय संगठनले उनका बारेमा जानकारी लिन थालेको पनि कोइरालाले बताए।

ती युवा सिड्नी हुँदै होबार्ट भन्ने ठाउँमा पुगेका छन्। यो मेनल्यान्ड अस्टे«लियाबाट २४० किलोमिटर दक्षिणमा छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।