बर्षकै महामु,र्ख ब,ने मुख्यमन्त्री राउत

काठमाण्डौ, २६ फागुन । होली पर्वको अवसरमा जनकपुरधाममा मिथिला नाट्य कला परिषदले २३ वर्षदेखि प्रत्येक वर्ष आयोजना गर्दै आएको महामु,र्ख सम्मेलन जनकपुरधाममा सोमबार स,म्पन्न गरेको छ ।

विश्व प्रसिद्ध जनकपुरधामको जानकी मन्दिरको प्रा,ङ्गणमा आयोजना गरिएको हास्य व्यं,गात्मक उक्त सम्मेलनमा एकजना विशिष्ट व्यक्तिलाई प्रदान गर्दै आएको महामु,र्खको उपाधि यस पटक प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्र,दान गरिएको छ ।

मिथिला नाट्य कला परिषद जनकपुरधामका अध्यक्ष परमेश झाले फुल र तरुलको माला लगाएर मुख्यमन्त्रीलाई सम्मान गरी उक्त उपाधिको प्रमाण पत्र प्र,दान गरेका थिए ।

त्यसैगरी, उक्त सम्मेलनमा जनकपुर क्षेत्रका अन्य विशिष्ट व्यक्तिहरुलाई प,टमु,र्ख, मु,र्खाधिराज, ड,पौर शं,ख जस्ता एक दर्जन उपाधिहरु प्रदान गरी सम्मान गरिएको छ ।

उपाधी प्राप्त गर्नेहरुलाई परिषदका अन्य पदाअधिकारीहरुले फुलको माला र विभिन्न प्रकारका तरकारीको माला प्रदान गरी सम्मान र प्रमाण पत्र प्रदान गरेका थिए ।

रङ्ग र अविरको पर्वको रुपमा रहेको होली पर्वको उपलक्ष्यमा मिथिला नाट्य कलापरिषदले व,र्षेनी रुपमा नै संस्कृतिको संरक्षणका लागि होरी महोत्सव तथा महामु,र्ख सम्मेलनको आयोजना गर्दै आएको छ ।

उपाधिग्र,हणपछि कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले मिथिला नाट्य कलापरिषद् प्रदेश तथा देशकै संस्कृतिको संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै हो,ली संयमित रुपमा मनाउन सबैमा आ,ग्रह गरे ।

मिथिला नाट्य कलापरिषद्का अध्यक्ष परमेश झाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश नं।२ का प्रदेशसभा सदस्यहरु मनिष सुमन, रामआशिष यादव, परमेश्वर साहसहित विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सम्मेलनमा होली सम्बन्धि गीतहरु, जोगिरा, हाँस तथा परिहाँ,सहरुको झाँ,की, मिथिला नाट्य कलापरिषदका कलाकार तथा अन्य सहभागीहरुले प्र,स्तुत गरेका थिए । कार्यक्रम हेर्न हजारौंको संख्यामा स,र्वसाधारणहरुको सहभागिता रहेको थियो । गाेरखापत्रबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।