सुरु भयो प्रचण्डलाई ग लह त्याउने महा अ भियान ?

काठमाडौं : जीवन र म’रणको दोसाधमा गत सोमबार त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य लाभ गरी यसै साता निवास फर्किदै छन् । करिब ७० वर्ष उमेरको वृद्ध, रोगी र जीर्ण शरीरमा दोस्रोपटक मृ’गौला प्र’त्यारोपण सफलता साथ सम्पन्न हुनुलाई निकै ठूलो उपलब्धिका रुपमा चिकित्सकहरुले लिएका छन् ।

प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभ गरेकोमा मुलुकमा खुसी छाएको छ, तर एकाथ दर्जन व्यक्तिहरु मर्माहत भएको बुझिएको छ। प्रधानमन्त्री ओलीको स्वास्थ्य कमजोर हुँदा पार्टीभित्र पनि पकड कमजोर हुँदै गएको थियो । ओलीको निगाहामा पटक पटक मन्त्री बनेका र लाभको पद हासिल गरेका कतिपय नेता कार्यकर्ताहरु अर्का अध्यक्ष प्रचण्डको दैलोमा भीड लाग्न थालेका थिए ।

जसका कारण ओली पार्टीको सचिवालय देखि तृणमुलसम्मका सबै संगठनहरुमा अल्पमतमा थिए । एमसीसी सम्झौता संशोधन गर्ने र वामदेव गौतमलाई राष्ट्रिय सभाको मनोनीत कोटामा लैजाने सचिवालयको निर्णयमा ओली करिब करिब एक्लै परेका थिए । परिस्थिति आफ्नो प्रतिकुल हुँदा जाडोयामको सर्पझैँ गुडुल्किएर बस्ने, परिस्थिति अनुकूल हुँदा प्रचण्ड गर्मीयामको गोमन सर्पका रुपमा प्रकट हुने ओलीको स्वभावलाई सबैभन्दा बढी नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपालले नियालिरहेका छन् ।

त्यसैले स्वास्थ्यलाभ गरेर फर्किएपछि ओलीको निशानामा को को पर्ने हुन् ? नेकपाभित्र लेखाजोखा सुरु भएको छ । समाचार स्रोतका अनुसार आफूले सबैभन्दा ठूलो धोका प्रचण्डबाट पाएको महसुस ओलीले गरिसकेका छन् । वामदेव प्र’करण पछि ओलीले आफ्ना निकटस्थहरुसँग टिप्पणी गर्दै भनेका थिए, ‘आँपको रुखमा आँपको हाँगो कलमी गर्न किन नहुने ? भनेर प्रचण्डलाई पार्टीमा मिसायौं, तर ऐंजेरु पो परेछ ।’

स्रोतका अनुसार ऐंजेरुलाई काटेर फाल्ने अभियानमा प्रधानमन्त्री ओली छन् । तर ऐंजेरु फाल्दा रुखका केही हाँगा समेत काट्नुपर्ने हुन्छ । काटेर फाल्नुपर्ने हाँगाहरु कुन कुन हुन् ? भन्ने पहिचान अब प्रधानमन्त्री ओलीले गर्ने भएका छन् । स्रोतका अनुसार वामदेव गौतम, केशव स्थापितलगायतको टोली प्रचण्डसँग सति जाने निश्चित भइसकेको छ भने माधवकुमार नेपाल, भीम रावल, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु दोधारमा छन् ।

र पार्टीभित्र मियो बनेका छन् । यता प्रचण्डसँगै समाहित भएका तत्कालीन माओवादीका करिब २५ प्रतिशत नेता तथा कार्यकर्ता प्रधानमन्त्री ओलीसँग नियमित सम्पर्कमा भएको समाचार स्रोतले जनाएको छ। स्रोतका अनुसार तत्कालीन माओवादीबाट प्रत्यक्ष निर्वाचित ३६ सांसदमध्ये प्रचण्डसँग २५ जना छन् । समानुपातिक १७ जनामध्ये प्रचण्डसँग १४ जना छन् । तर ४० प्रतिशत पुर्याउँनलाई कम्तीमा ६६ सांसद चाहिन्छ ।

वामदेव गौतम समूहले कति सांसद जुटाइदिने हो ? टुंगो छैन । झलनाथले अन्तिम अवस्थामा प्रचण्डको साथ छाड्ने बुझिएको छ । माधवकुमार नेपाल भने आफूले अध्यक्ष तथा प्रधानमन्त्रीमध्ये एक पद पाउने भए मात्रै प्रचण्डको साथमा लाग्ने तयारी गरेको बुझिएको छ । माधव नेपालले साथ दिएको अवस्थामा ४० प्रतिशत मात्रै होइन प्रचण्डको बहुमत नै पुग्न सक्छ, स्रोतको दाबी छ । यो अवस्थामा ओली धरापमा पर्छन् ।

तर प्रचण्डलाई प्रधानमन्त्री र अध्यक्ष बनाएर आफू कार्य कर्ताका रुपमा रहन माधव नेपाल तयार छैनन् । यता ओलीले आफू पछि स्थान दिने भन्दै माधव नेपालकहाँ विशेष दूतहरु पटाएका थिए । ओलीको स्वास्थ्य अवस्थाको संकट टरे पनि राजनीतिक संकट भने टरिसकेको छैन । विगतमा धेरै नै पेलिएका कारण माधव नेपाल पक्ष ओलीसँग सजिलै सकारात्मक हुने अवस्था छैन ।

यो कुरा बुझेका प्रधानमन्त्री ओलीले अब आफ्नो रणनीतिको दोस्रो फर्मुला प्रयोग गर्ने समाचार स्रोतले जनाएको छ । दोस्रो फर्मुला अन्तर्गत ओलीले अब आफ्ना विश्वासपात्रलाई पदभन्दा पैसाको जोहो गरिदिने र प्रचण्ड तथा माधव नेपाल पक्षमा रहेकालाई मन्त्री तथा अन्य राजनीतिक पद दिएर आफूतिर आकर्षित गर्दैछन् । साथै प्रचण्डविरुद्ध आर्थिक नाकाबन्दी लगाउने तयारी ओलीको छ ।

प्रचण्डले कुन कुन व्यापारी हरुलाई पैसा लगानी गरेका छन् ? भन्ने सबै लिस्ट उनी निकटस्थ निवर्तमान सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा र अर्थमन्त्री युवराज खतिवडाले दुई महिना पहिले नै तयार गरि सकेका थिए । अब यो लिस्टमा रहेकाहरुलाई अनेक झमेला लगाइदिने रणनीतिमा ओली पक्ष जुटिसकेको छ ।

साथै मेलम्ची खानेपानी आयोजना प्रकरणमा प्रचण्डकी बुहारीसमेत रहेकी मन्त्री विना मगरले २५ करोड रुपैयाँ घुस मागेको अडियो आफूसँग सुरक्षित भएको तत्कालीन सचिव गजेन्द्र ठाकुरले सार्वजनिक गरेका थिए । ठाकुरलाई राजदूत बनाउने आश्वासन दिएर उक्त रेकर्ड प्रधानमन्त्री ओलीको टिमले आफ्नो खल्तीमा ल्याइसकेको बुझिएको छ ।- तरुण साप्ताहिकबाट साभार

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।