ब,न्द भयो कतारका लागि श्र,मस्वीकृ,ति – रो,कियो उडान
काठमाण्डौ । सरकारले वैदेशिक रोजगारीमा कतार जानेको श्रम स्वीकृति आज मंगलबारदेखि ब,न्द गरेको छ । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्र,वेशमा रो,क लगाएसँगै मंगलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृति ब,न्द गरिएको श्रम कार्यलय ताहाचलका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो । ‘कतारले नै नेपाली नागरिकलाई प्र,वेशमा रो,क लगाएको छ, त्यसैले आजदेखि पुन : र नयाँ श्रम स्वीकृति दुवै हुँदैन,’ प्रमुख बस्नेतले भन्नुभयो ।
यस्तै, नेपालमा रहेको कतार भिसा सेन्टरको पनि आज मंगलबारदेखि अर्को सूचना नआउँदासम्मका लागि सेवा ब,न्द भएको सेन्टरका प्र,बन्धक गौरव क्षेत्रीले जानकारी दिनुभयो । भिसा सेन्टरले रोजगारीमा जाने श्रमिकको बायोमेट्रिक, स्वास्थ्य परीक्षण, औँठा छाप लिने र क,रारपत्रमा हस्ताक्षर लगायतको काम गर्छ ।
‘नयाँ जान चाहनेका लागि सबै प्रक्रिया अहिलेलाई रो,क्नू भन्ने नि,र्देशन कतार सरकारकै भएकाले आजबाट सेवा ब,न्द भएको छ, तर यसअघि मेडिकल प्रक्रिया गरेकाहरुको लागि पुनः मेडिकल गर्नुपर्ने भएमा भने से,वा दिइएको छ,’ सेन्टरका प्रबन्धक क्षेत्रीले भन्नुभयो ।
घर बिदामा आएर फ,र्किन नपाउनेहरुले आफ्नो रोजगारदातासँग छलफल गर्न सक्ने सेन्टरका प्रबन्धक क्षेत्रीले बताउनुभयो । उनीहरुको स,म्बन्धमा पछि मात्रै निर्णय हुने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताउनुभयो । नेपालमा अहिलेसम्म कोरोनाको सं,क्रमण नदेखिए पनि विश्व स्वास्थ्य संगठनले जोखिमको सूचीमा राखेको छ ।
रो,कियो उडान
कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी रो,क लगाएसँगै नेपालको निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उ,डान रोकेको छ । हिमालय एयरलाइन्सले सोमबारदेखि लागू हुनेगरी कतारमा निर्धारित सबै उ,डान अर्को सूचना जारी नभएसम्मका लागि र,द्द भएको हो ।
९ मार्चपछि का,टिएका सबै टिकट फिर्ता गर्न सकिने वा निःशुल्क मिति परिवर्तन गर्नसक्ने सुविधा दिइएको एअरलाइन्सले जनाएको छ । यस्तै, कतार एअरवेजले भने ट्रान्जिट र कतारबाट फ,र्किनेका लागि उडान भ,र्ने भएको छ ।
तर ट्रान्जिटका रुपमा कतारको विमानस्थलमा ओ,र्लन भने पा,इने छैन । एयरवेजले दोहामा पू,र्वनिर्धारित टिकटहरु निःशुल्क फिर्ता वा मिति परिवर्तन गर्न सकिने जनाएको छ । साथै, नेपाल एयरलाइन्सले पनि कतारका लागि अस्थायी रुपमा उडान रो,केको जनाएको छ ।


