कोरोनालाई प’राजित गर्दै चीन : सा मान्य बन्दै ज नजीवन, विद्यालय खुल्न थाले

बेइजिङ : कोरोना भाइरस (कोभिड(१९) को संक्रमणले च’पेटामा परेको चीनको जनजीवन सामान्य बन्दै गएको छ । विश्वका १ सय १२ देशमा फैलिदा चीन भने नियन्त्रण नजिक पुगेको हो । पछिल्लो समय चीनमा संक्रमितको संख्या दिन प्रतिदिन घट्दै गइरहेको छ ।केही हप्ताअघिसम्म एकै दिनमा हजारौंको संख्यामा संक्रमित बढेको चीनमा पछिल्लो समय दुई अंकमा झ’रेको छ ।

केही दिन यता कोभिड–१९ को उद्गम मानिएको चीनको हुपै प्रान्तको वुहान सहरबाहेक अरू सहर र प्रान्तहरूमा नयाँ संक्रमितको संख्या एकदम न्यून छ । वुहान ल’कडाउन गरेको करिब ५० दिनभित्र चीनको जनजीवन सामान्य बन्दैगएको छ। चीन आकस्मिक र कठिन यु’द्ध बनेको कोभिड–१९ माथि विजय नि’कट पुगेको छ ।

जनवरी २३ मा चिनियाँ नयाँ वर्ष नजिकिँदै गर्दा वुहानलाई ल’कडाउन गरिएको थियो भने चीनका धेरै सहर र प्रान्तले पनि आ’कस्मिक स्वास्थ्य सं’कट घो’षणा गर्दै पहिलो स्तरको चे’तावनी संकेत जा’री गरेको थियो । हाल अधिकांश सहर र प्रान्तले सो स्तरलाई दोस्रो र तेस्रो स्तरमा झा’रिसकेको छ । यसै गरी वुहानमा सभा हल तथा खेल भवनमा समेत अस्थायी रूपमा स्थापना गरिएका सबै १६ वटा अस्पताल मंगलबारबाट ब’न्द गरिएको चिनियाँ सञ्चार माध्यमले जनाएको छ ।

म’हामारीले उ’ग्र रूप लिएको बेला वुहानमा रातारात हजार शैय्याका दुई अस्पतालसमेत निर्माण गरेको थियो । यसै बीच चिनियाँ राष्ट्रपति सी चिनफिङले मार्च १० तारिख मंगलबार यी अस्पताल र वुहान सहरको अवलोकन गर्दै उपचारमा ख’टेका स्वास्थ्यकर्मी तथा बि’रामी सबैलाई हौ’स्याएका छन् । सी म’हामारीपछि पहिलो पटक वुहान पुगेका हुन् ।

उनले केही साता अघि भनेका थिए, ‘यदि वुहानले भाइरस वि’रूद्धको यु’द्ध जित्छ भने हु’पैले पनि जित्ने छ । यदि हु’पैले यु’द्ध जित्छ भने राष्ट्रले नै जित्ने छ ।’हाल वुहानको स्थितिसमेत नियन्त्रणमा आइ सकेको छ । यसै गरी चीनका विभिन्न सहर र प्रान्तको आर्थिक र सामाजिक जीवन पनि सामान्य बन्दै गएको छ । चीनभर कोभिड–१९ महामारीको नियन्त्रण तथा प्रतिरोधका कामहरूसँगै कलकारखानामा काम पुनः सुरू भइरहेका छन् ।

रो’गको नियन्त्रण तथा का’रखाना पुनः सञ्चालनका लागि शाङहाई नगरपालिकाले ‘कर घटाउने तथा मौद्रिक अप्ठ्यारो’ भन्ने साझा समस्याको समाधान गर्न २८ बुँदे सु’विधाजनक नीति नै लागू गरेको छ। मार्चको अन्तसम्ममा शाङहाईका ११२ वटा ठूला परियोजना पुनः सुरु गराउने योजना रहेको बताइएको छ । चीनको किङघाई प्रान्तमा १ सय ४४ विद्यालय सोमबारबाट खोलिएको छ ।

यसै गरी क्वाङ तुङ प्रान्तको सदरमुकाम क्वाङचौ सहरमा वार्षिक आम्दानी २ करोड भन्दा बढी भएका उत्पादित व्यवसाय पुनः शुरू भएको दर ९९.५ प्रतिशत पुगिसकेको छ । यसै चीलिन प्रान्तभर वार्षिक आम्दानी २ करोड भन्दा बढी भएका व्यवसाय पुनः सुरू भएको दर ९६.७ प्रतिशत पुगेको छ ।कतिपय क्षेत्रमा पर्यटनस्थलसमेत खोलिसकेका छन् ।

सार्वजनिक यातायात तथा सार्वजनिक स्थलमा सकेसम्म स्वास्थ्य सु’रक्षालाई ख्यालमा राख्दै भिड नगर्न र एकआपसबीच एक मिटरको दूरी राख्न पनि आह्वान गरिएको छ ।साथै स्वास्थ्य सु’रक्षा र नियन्त्रणका लागि कतिपय कार्यालय रिमोट वर्कको अवधारणामा सञ्चा लित छन् भने शिक्षण संस्था पनि अनलाइनमार्फत चलिरहेका छन् ।

चीनको शिक्षा मन्त्रालयले चीन सरकारले म’हामारी पूर्ण नियन्त्रणमा आइसकेको घोषणा तथा अभिभावकको स्वीकृति र शिक्षण संस्था जो’खिम रोकथाम र नियन्त्रणका लागि पूर्ण तयार भएपछि मात्र शिक्षण संस्था खोल्ने जनाएको छ। पछिल्लो तथ्याङ्क अनुसार, चीन मा ८० हजार ७ सय ५४ जना कोभिड–१९ बाट संक्रमित भएका छन् । यी संक्रमितमध्ये ५९ हजार ८ सय ९७ जनाको सफल उपचार भइसकेको छ ।

यसले ३ हजार १ सय ३६ जनाको ज्यान लिएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार, मार्च ९ तारिख १९ जना (उहान १७ जना) संक्रमित थपिएका छन् । यस बाहेक विदेशबाट आएका दुई व्यक्ति कोभिड–१९ संक्रमत भएको पुष्टि भएको छ । योसँगै चीनभित्र विदेशबाट आएका निश्चित संक्रमितको संख्या ६९ पुगेको छ ।चीनले यस म’हामारीमाथि नियन्त्रण लिइसकेको अवस्थामा यो आयातित संक्रमितले नयाँ समस्या थपेको छ ।

कोभिड–१९ हाल विश्वका अन्यत्र क्षेत्रमा चि’न्ता र भ’य बनिरहेको छ। यसै कारण चीनका वरिष्ठ स्वास्थ्य विज्ञ चोङ नानसानले यो कोभिड–१९ महामारीको प्र’भाव जुन महिनासम्म रहने अनुमान गरेका छन। यस अघि उनले अप्रिलको अन्तसम्म नियन्त्रणमा आइसक्ने अ’नुमान लगाएका थिए । उनै विज्ञ नानसानले चीनमा पहिलो कोरोना भाइरस संक्रमित भेटिएको भए तापनि यो चीनमा नै उत्पत्ति भएको भन्ने ठोस प्र’माण नरहेको उल्लेख गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।