सय दिनमै दे,खियो मन्त्री नेम्वाङको काम !

काठमाडौं । मन्त्रीहरुको कामप्रति जनस्तरबाट निकै आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर चार गते मन्त्रीमण्डलमा फे,रबदल गरे । उनले ६ मन्त्री र ३ राज्यमन्त्रीलाई ह,टाएर नयाँ मन्त्री नि,युक्त गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी स,म्हाल्दै आएका रघुवीर महासेठलाई हटाएर बसन्तकुमार नेम्वाङलाई नियुक्त गरिएको थियो ।

गत मंसिर ५ गतेबाट आफ्नो कार्यभा,र स,म्हालेका नेम्वाङले गरेका कामको पछिल्लो समय निकै च,र्चा हुन थालेको छ । अघिल्लो मन्त्रीले २० महिनामा पनि गर्न नसकेका कामहरु उनले सय दिनमै गरेर दे,खाईदिएका छन् ।

मन्त्री नेम्बाङको सय दिनको कार्यकालमा सडक विभाग अन्तर्गतको २४ हजार ३ सय वर्गकिलोमीटर सडकको ९ हजार ५०० खा,ल्डाखुल्डी पुर्ने काम भएको छ । काठमाडौं उपत्यकाका २७ किलोमिटर सडक का,लोपत्रे भएका छन् । त्यस्तै, यसै आर्थिक वर्षभित्र उपत्यकाको थप ८५ किलोमीटर सडक का,लोपत्रे गर्ने लक्ष्य लिइएको छ ।

उनकै कार्यकालमा लामो समयदेखि बिग्रिएर बसेका ट्राफिक लाइटहरु स,ञ्चालनमा आएका छन् । काठमाडौं उपत्यकाका १७ स्थानका ट्राफिक लाइटहरु बल्न थालेका छन्, भने अन्य ६ वटा स्थानका ट्राफिक ला,इटहरु सञ्चालनमा ल्या,उने तयारी भइरहेको छ । त्यस्तै, उपत्यकामा जाम व्यवस्थापन, पैदल यात्रुको सु,रक्षाको लागि आकाशे पुलको निर्माणलगायतको काम ती,ब्र गतिमा भइरहेको छ ।

यता राष्ट्रिय गौ,रवको आयोजनातर्फ मध्य पहाडी राजमार्ग अन्तर्गत १८ किलोमीटर सडक का,लोपत्रे भइसकेको छ । ६ वटा पुल निर्माण भएका छन् । हुलाकी सडकको ४८ किलोमीटर सडक का,लोपत्रे भएको छ ।

त्यस्तै, उत्तर दक्षिण राजमार्गको ३३ किलोमिटर सडक ग्रा,भेल भएको छ । गल्छी–त्रिशुली–रसुवागढी सडकको ७ किलोमीटर सडक का,लोपत्रे भएको छ । मदन भण्डारी राजमार्गको २६ किलोमीटर सडक का,लोपत्रे भएको छ, भने ११ वटा पुल निर्माण भएका छन् ।

यस अवधिमा मुलुकभर दुई सय किलोमीटर सडक का,लोपत्रे भएको छ । १३० किलोमीटर सडक ग्रा,भेल भएको छ, भने ६९ किलोमीटर ट्र्या,क खो,ल्ने काम भएको छ ।

यता रेलमार्गतर्फ निजगढ–बर्दिबास खण्डमा दुई किलोमीटर ट्र्या,कवेड निर्माण भएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको निजगढ भरतपुरको डीपीआरको स,म्झौता भई कार्य सुरु भएको छ । यी बाहेक पनि देशभर यातायात तथा पूर्वाधारको क्षेत्रमा साना–ठूला निकै कामहरु भएका छन् । न्यूज २४ नेपाल ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।