कोरोना भा इरसः भारतद्वारा १५ अप्रिल सम्मका सबै भिसा र द्द
एजेन्सी । भारतीय स्वास्थ्य मन्त्रालयले बुधबार एक विशेष बैठक बोलाउँदै कोरोना भाइरस सं क्रमणलाई रोक्न १५ अप्रिलसम्मका सबै भिसालाई तत्काल लागु हुने गरि नि लम्बित हुने फैसला गरेको छ ।
भारतीय स्वास्थ्यमन्त्री डा हर्ष वर्धनको अध्यक्षतामा भएको बैठकमा कोरोना भा इरस अर्र्थात् कोभिड १९ को सं क्रमण फैलनबाट रोक्न र यसबाट बच्ने उपायमाथि चर्चा भएको भारतीय मिडियाले जनाएका छन् ।
बैठकले कुटनीतिक, सरकारी, संयुक्त राष्ट्र संघीय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग सम्बन्धितबाहेक अन्य भिसाहरु १५ अप्रिलसम्म रो क्ने घोषणा गरेको छ ।
साथसाथै गैरआवासीय भारतीयलाई दिइएको यात्रा अनुमति पनि रोएिको छ । यो सबै रोक आजैबाट लागु हुने बताइएको छ ।
अब भारत जान चाहने विदेशीले सम्बन्धित देशको भारतीय दूतावासमा सम्पर्क गर्नु पर्ने हुन्छ ।


