आखिर वि प्लव बस्छन् क हाँ? प्र हरीलाई थाहा छैन?

काठमाडौं । प्रहरीले अहिलेसम्म औपचारिक रूपमा विप्लवको विवरण सार्वजनिक गरेको छैन। न त उनी रहेको स्थानबारे नै जानकारी दिन चाहन्छ।

तर, अनौपचारिक रूपमा भने पार्टी प्रतिबन्ध भएपछि विप्लव नेपाल र भारतको सीमाक्षेत्रमा बस्दै आएको प्रहरीको उच्च अधिकारी दाबी गर्छन्।

उनीहरूका अनुसार पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन उनी कहिलेकाहीँ नेपाल प्रवेश गर्छन्। यो खबर आजको नयाँ पत्रिकाले छापेको छ।

अत्यन्त उच्च सुरक्षा सतर्कताका साथ नेपाल प्रवेश गर्ने उनी थोरै समय मात्रै कार्यक्रममा रहन्छन्। नेपालको एक ठाउँदेखि अर्को ठाउँमा जानुपर्ने अवस्थामा उनी बाटोका लागि भारतीय भूमि प्रयोग गर्छन्।

प्रहरीका अनुसार उनी सधैँ विश्वासिला सचिवालय सदस्यबीच रहने गर्छन्। पक्राउ पर्ने डरले उनी मोबाइल फोन प्रयोग गर्दैनन् । सकेसम्म कसैसँग पनि भेट गर्दैनन् । उनको अत्यन्त सीमित व्यक्तिसँग मात्रै भेट हुन्छ, त्यो पनि सचिवालय सदस्यबाट खबर भएपछि मात्रै। अन्य व्यक्तिसँग फोनमा समेत कुरा गर्दैनन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी शैलेश थापा भन्छन्, ‘विप्लवका बारेमा हामीलाई जानकारी छैन, जानकारी भए पक्राउ परिहाल्थ्यौँ। यस सम्बन्धमा अहिले यति बुझौँ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖