ना इट ट्याक्सी चालक भन्छन्ः होलीको दिन गु न्डाले हा नेको च क्कु स मात्दा झन्डै औंला छि नेन

काठमाडौं, फागुन २९ । नुवाकोटका दीपक तामाङ काठमाडौंमा राति राति ट्याक्सी चलाउँछन्। अर्थात् उनी नाइट ट्याक्सी चालक हुन्। उनी काठमाडौं आएर ट्याक्सी चलाउन थालेको दस वर्ष भइसक्यो।

आज बिहीबार प्रकाशित शुक्रबार साप्ताहिकमा उनले रातको समय ट्याक्सी चलाउँदा भोगेका घटना सुनाएका छन्।

उनी भन्छन्-

यही होलीमा मलाई गल्फुटारमा एक जनाले चक्कु हानेको छ। यी हेर्नु त मेरो औंला छिन्न मात्र बाँकी छ। मेरो रुम गल्फुटार हो। रुमअगाडिपट्टि पार्क गरेर बसिरहेको थिएँ। राति त्यस्तै साढे १० बजेको थियो।

एउटा २८/२९ वर्ष उमेरको मान्छे आएर ठमेल जाऊँ भन्यो। अहिले म रुममा सुत्न जान लागेको भनें। किनभने यसो हेर्दा मान्छे ठीकजस्तो लागेन। उसले किन जाँदैनस् रे भनेर मुक्का हानिहाल्यो। आफू ट्याक्सीभित्र भएको मान्छे के गर्नु। उसले बाहिरबाट बजाको बजाइ गर्‍याे।

मैले रोक्ने प्रयास गरें। उसले गोजीबाट चक्कु निकालेको मैले देखिहालें। उसले मेरो घाँटीमा चक्कु हान्ने थियो सायद। मैले हत्त न पत्त उसले हानेको चक्कु च्याप्प समातें। मेरो हातमा चक्कुको धार थियो। तर पनि मैले त्यो चक्कु छाड्दै छाडिनँ। ट्याक्सीबाट बल्लबल्ल बाहिर निस्कें र उसलाई लात्तीले हानें।

अनि उसले चक्कु छाड्यो र भाग्यो। यसरी मैले मेरो ज्यान बचाएँ। नाइटमा ट्याक्सी चलाउन सजिलो छैन। त्रास नै त्रास हुन्छ। कसले कतिबेला के गर्छ पत्तै हुँदैन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।