नेपालद्वारा को रोना सं क्रमण दे खिएका आठ देशका नागरिकलाई ‘अन अ राइभल’ भि सा ब न्द

काठमाडौं । अध्यागमन विभागले कोरोना संक्रमण धेरै देखिएका आठ देशका पर्यटकलाई विमानस्थल आएपछि दिइने गरिएको अन अराइभल भिसा दिन ब न्द गरेको छ ।

विभागले कोरोना भाइ रसको सं क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स र जर्मनका नागरिकलाई अन अराइभल भिसा दिन बन्द गरेको हो । महेश्वर गौतमले राजधानी दैनिकमा लेखेका छन् ।

विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार गत साता नै चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटलीका नागरिकलाई नेपाल प्रवेशका लागि अन अराइभल भिसामा प्र तिबन्ध लगाइएको थियो ।
पछिल्लो समय थप तीन देश स्पेन, फ्रान्स र जर्मनका नागरिकलाई समेत कोरोना सं क्रमणको जो खिमका कारण अन अराइभल भिसा दिन ब न्द गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार नेपालतर्फको यात्रामा आउँदा आफ्नै देशबाट प्रवेशाज्ञा लिएर आउने पर्यटकका लागि भने ब न्देज लगाइनेछैन । यसरी आउँदा समेत आठ देशका नागरिकले कोरोना भा इरसको संक्र मण नभएको प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्नेछ । तर, प्रवेशाज्ञा नलिईकन आउनेहरूले भने नेपाल आएपछि विमानस्थल वा अन्य सीमा नाकाबाट अन अराइभल भिसा पाउनेछैनन् ।

यसअघि नेपालले १३ देशका नागरिकबाहेक सबैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य सीमा नाकामै अन अराइभल भिसा प्रदान गर्दै आएको थियो ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।