सं क्रमण फैलिहाले ‘लक डाउन’ सम्म गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले नेपालमा कोरोना भा इरस (कोभिड–१९) संक्रमण फैलिन नदिन आवश्यक परे ‘लक डाउन’ गर्नेसम्मको तयारी थालेको छ । सं क्रमण फैलिहाले ‘पकेट एरिया लक डाउन गर्ने’ सम्मको तयारी सरकारको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण फैलिहाले बासस्थान, निश्चित समुदाय, बस्ती, गाउँ, टोल, वडा, पालिका, जिल्ला प्रदेशसम्म लक डाउन गरिनेछ ।

संक्रमण फैलिहाले कोभिड–१९ बाट प्रभावित मुलुकमा नेपालबाट हुने हवाई उडान महामारी अवधिभरका लागि स्थगन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ । यस्तै, स्थलगत आवागमनका अन्तर्राष्ट्रिय नाकाहरू बन्द गर्ने, महामारी अवधिभर अत्यावश्यक सामग्रीबाहेक अन्य वस्तुको आयात निर्यात बन्द गर्ने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभरका सबै अस्पताल तथा स्वास्थ्य संस्थामा संक्रमितको प्रभावकारी उपचारका लागि जनशक्ति, आवश्यक उपकरण र प्रविधिको अधिकतम परिचालन गर्ने र आवश्यक परेमा फिल्ड तथा मोबाइल अस्पताल स्थापना गरी उपचार गर्नेसम्मको सरकारको तयारी छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अस्पतालहरूमा आइसोलेसन वार्ड व्यवस्था गरिएको छ । बिरामीको प्रभावकारी व्यवस्थापन गर्न इन्सिडेन्ट कमान्ड सिस्टम तयारी अवस्थामा राखिएको छ ।

प्रादेशिक अस्पतालबाट आइसोलेन वार्ड र सघन उपचार कक्षको तथ्यांक अध्यावधिक गरी राखिएको, आवश्यकताअनुसार प्रयोग गर्न खरिपाटी र नगरकोटको क्वारेन्टाइन स्थललाई यथावत् राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए ।

उच्च संक्रमित देशबाट आउने नेपालीका साथै नेपालमा विभिन्न आयोजनामा कार्यरत विदेशी नागरिकलाई आवश्यक जाँच गरी घरमै क्वारेन्टाइनमा रहन निर्देशन दिइएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को आशंकामा सात जना बिरामी आइसोलेसन वार्डमा भर्ना भएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पाँच र पाटन अस्पतालमा दुई जना बिरामी कोरोनाको आशंकामा आइसोलेसन वार्डमा भर्ना भएका हुन् ।

हालसम्म कोरोना संक्रमणको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ सय ५० जनालाई परीक्षण गरिएको छ । कोरोनाको उपचारका लागि काठमाडौंमा विभिन्न अस्पतालका १ सय ५५ वटा आइसोलेसन वार्ड तयारी अवस्थामा छन् ।राजधानी दैनिकमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।