कञ्‍चनपुरको ५० बिघा भू भाग भारततिर, भारतले सी मास्तम्भ गा ड्‍न थाल्‍यो

कञ्‍चनपुर, ३० फागुन । तत्कालीन बैतडी जिल्ला पञ्चायतले कञ्चनपुरको सीमा क्षेत्रमा पूर्वसैनिकलाई बसोबास गराउने निर्णय गरेपछि दार्चुलाको लाली क्षेत्रका दिलराज पन्त भारतीय सेनाको जागिर छाडेर घर फर्किए । उनी हालको बेलौरी नगरपालिकाको भुडा क्षेत्रमा बसोबास गर्न थाले ।

त्यतिबेला उनले पाएको डेढ बिघा जमिन अहिले भारतीय क्षेत्रमा परेको छ । पछिल्लो पटक संयुक्त सीमा सर्भे टोलीले विगतको सीमाभन्दा निकै वर आएर पिल्लर गाड्न खोजेको छ । ‘यही सीमा रक्षाका लागि हामी चोर र डाँकाहरूसँग लडेर यहाँ बस्यौं,’ पन्त भन्छन्, ‘अहिले त्यही जमिन पनि भारतमा पर्ने देखिएको छ ।’

साविकको ३३ र ३४ नम्बर सीमास्तम्भको बीचमा पन्तसहित ४० परिवारको ५० बिघाभन्दा बढी जमिन छ । चौधर नालालाई सीमा मानिँदै आएकामा पछिल्लो पटक सर्भे टोलीले निकै वर सीमास्तम्भ गाड्न थालेको छ । यसरी सीमास्तम्भ गाड्दा स्थानीय बासिन्दाको जमिन मात्रै होइन, महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको नहरसमेत भारतीय भूभागमा परेको छ ।

‘हामीसँग लालपुर्जा छ, मालपोत तिरिरहेका छौं, पानीपोत पनि तिरिरहेका छौं,’ पन्त भन्छन्, ‘अहिले आएर यो जमिन भारतमा कसरी पर्‍यो, जसको रक्षाका लागि हामीलाई बसाइयो, त्यही जमिन भारतमा कसरी हालियो ।’ उनका अनुसार गत साता भारतीय सुरक्षाकर्मी (एसएसबी) सहितको टोलीले नेपालतर्फको दर्ता जमिनमै सीमास्तम्भ निर्माणका लागि खाल्डो खनेको छ । ३३ र ३४ नम्बर सीमास्तम्भको बीचमा खाल्डाहरू खनिएका हुन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।