साउदीमा कोरोना भा,इरसको सं,क्रमण बढ्दै – अब ‘लक डाउन’को तयारी
काठमाडौं, १ चैत्र । विश्वभर महामा,रीका रुपमा फैलिएको कोरोना भा,इरसको सं,क्रमण साउदी अरेबियामा पनि बढेको छ । बढ्दो सं,क्रमणका कारण साउदी अरेबियाले पनि ‘लकडाउन’को तयारी गरेको छ । साउदीले भोलि (आइतबार)देखि लागू हुने गरी २ हप्ताका लागि सबै अन्तर्राष्ट्रिय उडान र,द्द गर्ने निर्णय गरेको छ ।
आन्तरिक मामिला मन्त्रालयले शनिबार यसको घोषणा गरेको अरबन्यूजले उल्लेख गरेको छ । शुक्रबार साउदीमा २४ जना नयाँ सं,क्रमित भे,टिएसँगै देशभर सं,क्रमितको संख्या ८६ पुगेको छ ।
‘उडानमा प्र,तिबन्धको नयाँ निर्णय आइतबार बिहान ११ बजेदेखि लागू हुनेछ’ मन्त्रालयले साउदी प्रेस एजेन्सीमार्फत जारी गरेको विज्ञप्तिमा उल्लेख छ ‘केही उडानहरुलाई विशेष परिस्थितिमा मात्र अनुमति दिइनेछ ।’ यो अवधिमा साउदी फर्किन नसक्ने कर्मचारीहरुका लागि यो अवधि आधिकारिक रुपमा सार्वजनिक बिदा मानिनेछ ।


