विदेशबाट फर्कने सबैलाई १४ दिनसम्म ‘सेल्फ क्वा,रेन्टाइन’ अनिवार्य – कसरी बस्ने ?
काठमाडौं । विदेशबाट नेपाल फ,र्कने सबै नेपाली र विदेशीलाई समेत १४ दिनसम्म सेल्फ क्वा,रेन्टाइनमा बस्न अनिवार्य गरिएको छ । अध्यागमन विभागले एक सूचना जारी गर्दै नेपाल आउने विदेशी नागरिकलाई आफ्नै व्यवस्थापनमा र नेपालीहरुलाई आफ्नै घरमा १४ दिनसम्म क्वा,रेन्टाइनमा बस्न अनिवार्य गरिएको जनाएको छ । १४ दिनसम्म परिवारका सदस्यसँग पनि भेटघा,ट नगरी छुट्टै कोठमा बस्न विभागले आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले घरमै क्वा,रेन्टाइनमा रहँदा हावा ओ,होरदोहोर गर्ने छुट्टै कोठामा बस्न, मास्क लगाउन, सकेसम्म छुट्टै शौचालय प्रयोग गर्न, छुट्टै शौचालय सम्भव नभए नियमित सरसफाइ गर्न, अरु व्यक्तिसँगको दूरी बढाउन र भान्सा, बैठक कोठालगायत जमघ,ट हुने ठाउँमा नजान आग्रह गरेको छ ।
घरबाट बाहिर ननिस्कन, बारम्बार साबुनपानीले २० सेकेण्डसम्म मि,चिमिची हात धुन, हात धुने अवस्था नभए ह्यान्ड स्यानिटाइजर प्रयोग गर्न, आफूले प्रयोग गरेका कपडा तथा रुमाल अरुलाई प्रयोग गर्न नदिन र अरु मानिससँगको दूरी कम्तीमा एक मिटर कायम गर्न मन्त्रालयले यसअघि नै आग्रह गरिसकेको छ ।
विदेशी नागरिक तथा आप्रवासी नेपालीलाई नेपाल आएसकेपछि दिइने अनअराईभल भिसा पनि आउँदो वैशाख १८ गतेसम्मका लागि स्थगित गरिएको अध्यागमन विभागले जनाएको छ ।


