३ हप्तासम्म बालबालिकालाई घरबाहिर ननिस्किन शिक्षा मन्त्रीको आग्रह

काठमाडौँ । कारोना भा,इरसको सं,क्रम,ण फैलिने त्रा,स बढेपछि नँया शैक्षिक सत्र सुरु नभएसम्म बालबालिकालाई घर बाहिर ननिस्किन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले आग्रह गरेका छन् ।

मंगलबार सूचना जारी गर्दै मन्त्री पोखरेलले देशभरका करिब ७० लाख विद्यालय जाने उमेरका बालबालिकालाई विषेश सा,वधानी अपनाउन आग्रह गरेका हुन् ।

यस अघि मन्त्रालयले जारी गरेको सूचना अनुसार चैत ५ गते भित्रमा कक्षा १ देखि ९ सम्मको परिक्षा सम्पन्न भइसक्ने छ । यस्तै, विद्यालयमा शैक्षिक कार्यक्रम, अभिभावक दिवस, नतिजा प्रकासन, नँया भर्ना जस्ता भी,डभा,ड हुने कार्य नगर्न मन्त्रालयले जनाएको छ ।

चैत ६ देखि १७ गतेसम्म हुन लागेको एसईई परीक्षा भने आवश्यक सा,वधा,नी अपनाएर तोकिएको समयमै सञ्चालन हुने मन्त्री पोखरेलले जनाएका छन् ।

यस वर्षको एसईई परीक्षामा कुल ४ लाख ८२ हजार २१९ जना विद्यार्थी सहभागी हुँदै छन् । एसईईको सम्पूर्ण तयारी पूरा भएको र विद्यार्थीहरु समेत परीक्षा केन्द्रमा पुगिसकेकाले पूर्वनिर्धारित समयमै परिक्षा सम्पन्न गरिने पोखरेलले बताएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।