नेपाल-भारत सिमा-नाका जमुनाहमा सवारीसाधन आवागमन पूर्णरुपमा रो,क

सिराज खान, नेपालगञ्ज, चैत ५ गते । कोरोना भा,इरसको सं,क्रम,ण भि,त्रिन नदिन पश्चिम नेपालको भारतीय सिमानासँग जोडिएको प्रमुख नाका जमुनाहमा सवारीसाधन आवागमनमा बुधबारदेखि पूर्णरुपमा रो,क लगाइएको छ ।

बाँके र भारतको बहराईचका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीको बैठकले नेपालगञ्ज नाकाबाट मालवाहक बाहेकका सबै सवारी साधनको आवगमनमा रो,क लगाउने निर्णय गरेपछि बुधबार विहानबाट सवारीसाधनको आवागमन ब,न्द भएको गोरखापत्रमा खबर छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले दुवै देशमा प्रवेश गर्ने ठूला मालवाहक सवारी साधन बाहेक सर्वसाधारणसँग सम्बन्धित सबै सवारी साधनको आवागमनमा रो,क लगाईएको बताउनुभयो ।

उहाँले अनावश्यक काम र किनमेलका लागि सीमापारी जाने र आउनेहरुले नाकामा भि,डभाड धेरै गरेपछि भारतबाट फर्किनेहरुको स्वास्थ्य परिक्षणमा समेत स,मस्या आएकाले अन्य सवारी साधनदेखि साईकलसम्मको सञ्चालनमा रो,क लगाइएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी खड्काका अनुसार नेपालतर्फ चौलिकाचोकसम्म मात्र सवारीसाधन सञ्चालन गर्न दिइएको छ । सवारी साधन सञ्चालनमा रो,क लगाए पनि पैदल आवातजावत भने ब,न्द गरिएको छैन ।

उहाँले अतिआवश्यक कामले सीमापारी जाने र भारतबाट घर फर्किने नेपालीहरुका लागि पैदल आवतजावत गर्ने छुट दिईएको बताउनु भयो ।
भारतमा कोरोनाका बिरामीहरु बढ्दै गएपछि त्यहाँ रहेका नेपालीहरु अहिले ठुलो संख्यामा नेपाल फर्किरहेका छन् ।

नेपाल फर्किने सबैको स्वास्थ्य परीक्षणलाई बुधबारबाट निकै क,डा पारिएको र कसैलाई पनि परीक्षणविना आउन नदिईएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । अहिले दैनिक करिब ५०० देखि ८०० सम्मको हाराहारीमा नेपालीहरु फर्किरहेकाले उनीहरुकै चे,कजाँचमा समस्या भइरहेको सो कार्यालयले जनाएको छ ।

बाँके जिल्लाका विभिन्न उद्योगमा काम गर्न दैनिक साइकलमा आउने भारतीय कामदारहरुले पनि रुपैडिहामा साइकल छोडेर चौलिकाचौकसम्म पैदल आएको र त्यसपछि सवारीसाधनबाट गन्तव्यतर्फ गएको जनाएका छन् ।

भारतमा फैलिएको कोरोना भा,इरस नेपालमा भि,त्रिन सक्ने आ,शंकामा जमुनाह नाका ब,न्द गर्नुपर्ने आवाज स्थानीय नागरिकबाट बारम्बार उठ्दै आएको थियो । मंगलबार अपरान्ह नेपालगञ्जमा बसेको नेपाल र भारतका सु,रक्षा अधिकारीको बैठकले बुधबारदेखि सवारी आवागमनमा रो,क लगाउने निर्णय गरेका थिए । अत्यावश्यक काममा प्रयोग हुने एम्बुलेन्स, मालवाहक गाडीलाई भने आवागमन गर्न दिईएको छ ।

सवारी आवागमनमा रो,क लगाएपछि अहिले जमुनाहा नाका सुनसान देखिएको छ । उताबाट आउने नेपालीहरु मात्रै सिमानामा बढी देखिएका छन् भने अतिआवश्यक कामले जाने पनि देखिएका छन् ।

सवारीसाधन सञ्चालनमा रो,क लगाएपछि मानिसको आवागमन कम भएको र भारतबाट आउनेहरुको स्वास्थ्य परीक्षणमा सहजता भएको छ । बुधबार विहानैदेखि टेन्ट लगाएर स्वास्थ्यकर्मीहरुले नाकामा प्रवेश गर्ने हरेक नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गरिरहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।