प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा स म्बोधन गर्नु हुने

काठमाडौं, ०७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने हुनु भएको छ ।

कोरोना भाइरस कोभिड १९ को महामारीले विश्वलाई आक्रान्त पारिरहेको अवस्थामा नेपालले खेल्नु पर्ने थप भूमिका प्रधानमन्त्री ओलीको सम्बोधनमा केन्द्रित रहने बताइएको छ ।

प्रधानमन्त्री ओलीले सम्बोधनमार्फत कोरोना भाइरसको रोकथामका लागि सरकारले गरिरहेको तयारीबारे जानकारी गराउनुका साथै जनताले अपनाउनु पर्ने सजगताबारेमा पनि आफ्नो धारणा राख्नु हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्नु हुने कुराको पुष्टि गर्दै समय तय हुन बाँकी रहेको जानकारी न्यूज २४ नेपाल डट टिभीलाई जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य संगठन लगायत स्वास्थ्य र सामाजिकसम्बन्धि अन्तर्राष्ट्रिय संस्थाहरुले नेपाललाई पनि कोरोना भाइरस कोभिड–१९ को संक्रमणको अति जोखिमको सूचीमा राखेपछि सरकारले बिभिन्न तयारीहरु दू्रतरुपमा गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।