काेराेना सं,क्रमित युवतीसँगै कतारबाट आउने उदयपुरका एक युवकलाई क्यारेन्टाइनमा राख्न वे,वास्ता
धरान । बेलका नगरपालिका–३ रातापानी गाउँ, प्रगती टोलका बिद्यानन्द चौधरी कतार एयरवेजको फ्लाइट नम्बर ५६० बाट चैत ४ गते काठमाडौमा कोरोना सं,क्रमणको आ,शंकामा उपचार गराइरहेकी युवतीसँगै आएको पाइएको छ ।
तर उनी न होम क्यारेन्टाइनमा छन् न त कोरोना विशेष उपचार क्लिनिकमै गएका छन् । बेलका नगरपालिकाका मेयर दुर्गा थापाका अनुसार उनी उच्च ज्वरोले थ,लिएका छन् । घर परिवारमा बसेर काम गरिरहेका छन् ।
सं,क्रमणका आ,शंकामा उनको उपचार व्यवस्थापनका लागि मुख्यमन्त्रीका स्वकीय सचिव, आन्तरिक मामिला मन्त्रालय , स्वास्थ मन्त्रालय , वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा उदयपुरका प्रमुख जिल्ला अधिकारी सबैलाई जानकारी गराउदासमेत वजेवास्ता गरेको मेयर थापाले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

उनलाई सं,क्रमण भई गाउँभरी फै,लिएमा कस्ले जिम्मेवार लिने भनेर उनले चि,न्ता व्यक्त गरेका छन् । ती युवक आएको जहाजमा १९ वर्षकी युवती टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उनी फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी थिइन् । तर आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा उनमा कोरोना सं,क्रम,ण पुष्टि भएको छ ।
उनीसँग जहाजमा आउने अन्य यात्रुको खोजी गरिने हिजो स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताएका थिए । सरकार कै व्यक्तिलाई जहाजमा आएका व्यक्ति पहिचान गरेर जानकारी गराउदा वेवास्ता गरेको मेयर थापाको भनाई छ ।


