यस्तो छ नेपालको आकाशमा देखिएको चम्किलो वस्तुको वास्तविकता

काठमाडौ । बिहिबार पश्चिम नेपालको आकाशमा अनौठो बस्तु देखिएको छ । आगोको ज्वाला जस्तो उक्त बस्तु पश्चिम नेपालको आकाशमा देखिएको बताइएको छ ।

गण्डकी प्रदेशका स्थानीयहरुका अनुसार उक्त वस्तु चम्किलो थियो जुन केहि सेकेण्डसम्म आकाशमा देखियो र निकै उज्यालो समेत बनाएको थियो । बाग्लुङ आसपासका प्रत्यक्षदर्शीकाअनुसार ठुलो आवाज समेत सुनिएको थियो । ज्वाला जस्तो वस्तु आवाज निकाल्दै गएको उल्लेख गरिएको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले मिडियामा बताए अनुसार उक्त वस्तु यहि हो भन्न नसकिने तर प्रत्यक्षदर्शीसँगबाट प्राप्त जानकारी अनुसार उल्कापिण्ड हुन सक्ने अनुमान छ । प्रत्यक्षदर्शीका अनुसार देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुन सक्ने र यो गण्डक प्रदेशको आसपास खसेको अनुमान अध्यक्ष भट्टराईले उल्लेख गरेका छन् । तर उक्त वस्तु उल्कापिण्ड नै हो भनेर ठोकुवा चाहि गर्न नमिल्ने समेत बताएका छन् । थप अध्ययन गरे पश्चात मात्र आधिकारिक जानकारी दिने जिकिर अध्यक्ष भट्टराईको रहेको छ ।

यदि यो उल्कापिण्ड भएमा यसले खसेको ठाउँमा केहि न केहि क्षति गर्ने अध्यक्ष भट्टराइको भनाई छ। आकाशबाट ७० किलोमिटर प्रति सेकेन्डमा जमिनमा खस्ने उल्कापिण्डले क्षति पुर्याउनु स्वाभाविक भएको उनको भनाई छ। उल्कापिण्ड घरमा खसेमा त्यसले धनजनको क्षति हुन सक्ने, जमिनमा खसे खाल्डो पार्न सक्ने र पानि पोखरीमा खसे सुकाईदिन सक्ने भट्टराईले बताए। आज गण्डकी प्रदेशमा देखिएको चम्किलो बस्तुपनि उल्कापिण्ड नै हुन सक्ने उनको भनाई छ। तर यो क्षुद्र ग्रह नभएको उनको दाबि छ। साभार – बिजपाटी

नेपाली आकाशमा देखिएको दृश्य सम्बन्धमा नेपाल एष्ट्रोनोमिकल सोसाईटीको विज्ञप्ती



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।