कोरोनाको कारण देखाउँदै भारतमा एक सय बढी नेपाली होटलबाट नि,कालिए

डडेल्धुरा । कोरोना भाइरस (कोभिड–१९)का कारण लकडाउन भएपछि भारतको गुजरातस्थित राजकोट सहरका विभिन्न होटलबाट एक सयभन्दा बढी नेपाली नि,कालिएका छन्।

तलब नै नदिई होटल मालिकहरुले कामबाट निकालिदिएको राजकोटमा रहेका डडेल्धुराका सन्दिप बोगटीले जानकारी दिए। उनका अनुसार अ,लपत्र परेका मध्ये धेरै भारतमा जनता कर्फ्यू लगाएको अघिल्लो दिन कामबाट निकालिएका हुन्।

कोरोनाको कारण देखाउँदै होटल बन्द गरेर आफूलाई कामबाट निकालेको र तलब पनि नदिएको डडेल्धुराको अमरगढी नगरपालिका ४ सुनेडाका तीर्थबहादुर बिष्टले गुनासो गरे। होटलबाट निकालिएसँगै एक हप्तादेखि खुला ठाउँमा बास भएको उनले बताए।

विभिन्न स्थानमा फरक–फरक समूहमा रहेका उनीहरु खुला ठाउँमा दिनरात का,टिरहेका छन्। लकडाउन भएका बेला खुला ठाउँमा देखेपछि प्रहरीले समेत ध,पाउने गरेको छ। ‘बाहिर खुला ठाउँमा दिनरात का,ट्नु पर्ने अवस्था छ, तर त्यहाँ पनि प्रहरीले बस्न दिँदैन्। ल,खेट्ने गरेको छ,’ केशव बिष्टले दुःख पोखे।

तलब नै नदिएपछि किनेर खानलाई गोजीमा पैसा नभएको अर्का पी,डित धर्म साउँदले बताए। राजकोट सहरका विभिन्न ठाउँमा ठूलो संख्यामा नेपालीहरु अलपत्र परेको जानकारी दिँदै उनीहरुले उ,द्धारका लागि नेपालको केन्द्र र सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गरेका छन्। -ललित बोहरा/नेपाल लाईभ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।