धनकुटा बजारमा अत्यावश्यक सामाग्रीहरु घरघरमै पुर्याउने कार्य जारी
धनकुटा खबर, वैशाख ३ । धनकुटा बजारमा ताजा तरकारी, ग्यास र दुध लगायत अत्यावश्यक सामाग्रीहरु घरघरमै पुर्याउने कार्य जारी छ ।
कोरोना भाईरस नि,यन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन को समयमा उपभोक्ताहरुको सहजतालाई ध्यानमा राख्दै उपभोक्ताकै माग खनुसार उद्योग बाणिज्य संघ धनकुटाको समन्वय तथा स्थानिय प्रशासन र सू,रक्षा निकायको सहयोगमा अत्यावश्यक तरकारी ग्यास, दूध सूफत मूल्यमा विक्रि एवम् स्वास्थ्य सू,रक्षत्मक सामाग्री वितरण कार्य भईरहेको हो ।

यो कार्यको प्रत्यक्ष रुपमा सहभागी भै धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु रेजिना पलिख अम्विका देवी धमला लगायतले अनुगमन र सहजीकरण समेत गरेको संघले जनाएको छ ।
संघले अनुगमनकै क्रममा आज पनि धनकुटा बजारको विभिन्न क्षेत्रहरुमा माश्क र सेनिटाईजर व्यापारी,उपभोक्ता र सर्वसाधरणहरुलाई वितरण गरेको छ ।


