लम्बिदो लकडाउनले मजदुर समस्यामा, भन्छन- न काम गर्न पाईयो न त घर जान नै

धनकुटा खबर । विश्वलाई नै सं,त्रास बनाएको कोरोना भाइरस सं,क्रमित नेपालमा समेत बढ्दै गएपछि देश भर लकडाउन पुनः थप गरिएको छ ।

लकडाउन लम्बिदै गए पछि धनकुटा सदरमुकाम लगायतका स्थानमा आई काम गर्ने गरेका मजदुरहरु समस्यामा परेको बताउँन थालेका छन् । बालि लगाउने बेला घर फर्कने हिसावले काम खोज्दै आएको तर वालि लगाउने बेला भई सक्यो न काम गर्न पाईयो न त घर जान नै भोजपुरका रुपक राईले गुनासो गरे ।

राई त यस्ता एक प्रतिनिधी पात्र मात्र हुन अहिले अहिले धेरै मजदुर घर जान पाईए हुने थियो भन्न थालेका छन् । निमार्ण सम्वन्धी काम गर्न २ महिना पहिला धनकुटा आएका सुनसरीका शम्भू यादवले भने“ साथीहरुले अव पहाडी जिल्लामा खुब काम पाईन्छ भनेर लिएर आए यहाँ आएर काम समेत थालियो काम सुरु गरेको १ महिना नहुदै लकडाउन भयो केहि दिनमा खुल्ला भनेर बसियो तर लम्बिदै गयो यसले गर्दा समस्या भएको छ ”।

लकडाउन कहिले सम्म रहन्छ भन्ने नभएकोले समेत झनै स,मस्या भईरहेको अर्का यूवा चन्द्र लिम्बु बताउँछन् । उनले भने “ लकडाउनले गर्दा काम ब,न्द भयो अबत खुल्लाभनेको झनै थपियो यहाँ अरु काम पनी पाईदैन अलिअलि पाएको राहत समेत सकियो अब त घर जाने सहज बतावरण भए घर जान पाए हुन्थो जस्तो भएको छ” ।

सरकारले लकडाउन गर्नू जनताको हितमा भए पनि लकडाउन गरिसकेपछि जनतालाई कस्तो सेवा सुविधा दिनु पर्छ भन्ने कुरा समेत बुझनु आवश्यक देखिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।