धनकुटाका ७ हजार बढी परिवारलाई राहत वितरण

धनकुटा खबर, ४ बैशाख । धनकुटाका स्थानिय तहले लकडाउनको असरको कारण दैनिक ज्यालादारी गर्ने, गरिब, दलित तथा विपन्न परिवार ७ हजार ६ सय ११ परिवार लाई राहत वितरण गरेको जनाएका छन् ।

स्थानियतहले राहत वितरणको मापदण्ड भित्र परेका परिवार लाई राहत वितरण गरेको जनाएका हुन् । जस अन्र्तगत धनकुटा नगरपालिकाका २ हजार २ सय ९३ परिवार लाई दैनिक उपभोग्य वस्तु दाल, चामल, नुन, तेल, हातधुने साबुन खरिद गरेर वडाध्यक्षहरुको रोहबरमा घर–घर गएर राहत वितरण गरेको धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले जानकारी दिनु भयो ।

त्यस्तै महालक्ष्मी नगरपालिकाले ६ सय १८ परिवार लाई राहत वितरण गरेको छ भने पाख्रीवास नगरपालिकाले १ हजार ५ सय परिवार ,चौबिसे गाउँपालिकाले १ हजार १ सय परिवार त्यस्तै साँगुरीगढी गाउँपालिकाले १ हजार ५० परिवार, छथरजोरपाटि गाउँपालिकाले ६ सय ११ परिवार तथा शहिदभूमि गाउँपालिकाले ४ सय ३९ घरपरिवार लाई राहत वितरण गरेको गाउँपालिका कार्यलयहरुले जनाएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।