कोरोनाबाट ब,च्न भेडेटारमा जनचेतना अभियान र स्वास्थ्य सामाग्री वितरण
धनकुटा खबर, वैशाख ४ । धनकुटा सहित पूर्वी पहाडी जिल्ला कै प्रमुख नाकाको रुपमा रहेको अति सं,वेदनशिल स्थान भेडेटारमा आज कोरोना भाईरस सं,क्रमणबाट सर्तकर्ता अपनाउनका लागि जनचेतना अभियान सञ्चालन गर्दै सू,रक्षित सामाग्रीहरु वितरण गरिएको छ ।
उद्योग बाणिज्य संघ धनकुटाद्धारा सञ्चालित स्वास्थ्य तथा सूरक्षात्मक सामाग्री वितरण अभियान अन्तर्गगत त्यहाँ ती सामाग्री वितरण गरिएको हो । भेडेटारका व्यापारी, होटल व्यावसायी, स्वास्थ्य तथा सू,रक्षाकर्मी, वडाका जनप्रतिनिधिहरुसंग उद्योग वाणिज्य संघका पदाधिकारीहरुले छलफल गर्दै कोरोना भाईरस सं,क्रमण फै,लन नदिने विषयमा परार्मश गर्दै मास्क, सेनिटाजर, पञ्जा लगायतका सामाग्री वितरण गरिएको संघले जनाएको छ ।
संघका अध्यक्ष विजय सन्तोषी राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ लगायतले सुरक्षार्की, स्वास्थ्यकर्मी, होटल व्यावसायी तथा व्यापारी र दैनिक उपभोग्य समाग्रीहरु ढुवानी गर्ने सावारी चालकहरुलाई मास्क, सेनिटाजर, पञ्जा वितरण गरेका थिए भने भेडेटार प्रहरी चौकी र भेडेटारमा रहेको स्वास्थ्य हेल्प डेक्सका लागि सेनिटाईजर माश्क,पञ्जा र हेण्ड वास वितरण गरिएको थियो ।

भेडेटारबाट धनकुटा,तेह्थुम,भोजपुर र संखुवासभा जिल्लाका लागि दैनिक दर्जनौ सवारी साधनहरु खाद्यान्न, तरकारी, फलफुल जस्ता अत्यावाश्यक उपभोग्य समाग्री, लिएर जाने आवतजावत गर्ने भएकोले अत्यन्तै सं,वेदनशिल क्षेत्र भेडेटार नाकामा कोरोना भाईरस विरु,द्ध जनचेता अभियानका साथ सु,रक्षित तथा स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले जानकारी दिनुभयो ।
सो अवसरमा सागुरीगढी गाउपालिका वडा नं ६ का वडाध्यक्ष यम प्रकाश मगर,भेडेटार होटल एशोसिएसनका अध्यक्ष जितेन्द्र राई,महासचिव आशिष राई,निर्वतमा अध्यक्ष लिला राज लावती, भेडेटार प्रहरी चौकीका इञ्चार्ज सई यदु खड्का,व्यवासायी मेहेन्द्र श्रेष्ठसंग धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ लगायतले भेटघाट गरी कोरोना भाईरसलाई फैलन नदिने र नियन्त्रण गर्ने वारेमा परामर्श गरेका थिए ।


