धनकुटामा भित्रिने तरकारी र फलफूलमा रो,क लगाईयो

धनकुटा खबर, ५ बैशाख । भारत सहित तराईका जिल्लाबाट धनकुटामा भित्रीने तरकारी र फलफूललाई आज बाट ७ दिनका लागि भित्रिन नदिईने भएको छ ।

हिजो धनकुटा जिल्लाका नगरपालिकाका मेहर तथा गाउँपालिकाका अध्यक्षको आग्रह अनुसार आजबाट धनकुटामा भारत सहित नेपालका तराईका जिल्लाबाट भित्रने तरकारी तथा फलफूललाई सात दिनका लागि भित्रन नदिईने जिल्ला प्रसाशन कार्यलय धनकुटाका सुचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो “ अहिलेको यो बिशेष परिस्थितीमा बाहिर बाट फलफूल तथा तरकारी ल्याईदा कोरोना भाइसरको सं,क्रमणको जोखिम बढ्ने भएकोले यस्तो गर्न लागिएको हो ”। उद्योग वाणिज्य संघको समन्वयमा जिल्ला भित्र उत्पादन भएको फलफूत तथा तरकारीलाई बजारमा बिक्रि वितरण गरिने समेत प्रशासनले जनाएको छ ।

जिल्लामा उत्पादित फलफूल तथा तरकारी किसानका बारीमै कुहिने अवस्थामा रहेको साथै धरान लगायतका फलफूल तथा तरकारी बजार समेत ब,न्द भएको र बाहिरबाट ल्याईएको तरकारी तथा फलफूलले कोरोना भाइसरको सं,क्रमणको जोखिम बढ्ने देखिएकोले तरकारी तथा फलफूल आयत रो,किएको प्रशासन कार्यलयका सुचना अधिकारी श्रेष्ठले बताउँनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।