सामाग्री विक्रिवितरण गर्दा दूरी कायम गरौं

धनकुटा खबर । दैनिक उपभाेग्य सामाग्री विक्रिवितरण गर्दा अनिवार्य दूरी कायम गर्न धनकुटा उद्योग बाणिज्य संघले सम्वन्धित सम्पूर्णलाई आग्रह गरेकाे छ । आज धनकुटामा बजार अनुगमन गर्दै व्यापारी व्यवसायी र उपभाेक्ताहरुलाई त्यस्ताे आग्रह गरेकाे हाे ।

लक डाउनको समयमा दैनिक उपभोग्य तथा अत्यावाश्यक समाग्रीको उपलब्धता र विक्रि वितरणको अवस्था, मूल्यको अवस्था र दुरी निर्धारणको पालना गरे नगरेको वारे आन्तरिक अनुगमन गर्दै संघले सुरक्षित समाग्रीहरु समेत प्रदान गरेको छ ।

धनकुटा बजारका पसलहरुमा धनकुटा उद्योग बाणिज्य संघले आन्तरीक अनुगमन गर्दै व्यापारीहरुलाई मुल्य सूची राख्न, सामान विक्रिवितरण गर्दा कम्तीमा एक मिटर दुरी निर्धारणको पालना गर्न र समयावधि समाप्त भएका खाद्य सामाग्रीहरु विक्रि वितरण नर्गन, थुक नलगाई सेनिटाईजरले हात धुएर मात्र पैसा लेनदेन गर्न अनुरोध गरिएकाे संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

धनकुटा बजारका किराना पसल, मासु पसल, तरकारी पसलहरुमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राई सहित कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्य रिदम श्रेष्ठ लगायतको टोलीले अनुगमन गर्दै प्रत्येक पसल अगाडी दुरी निर्धाण गर्नका कम्तीमा एक मिटरको फरकमा चिन्ह लगाई सामान विक्रि गर्दा उपभाोक्ता र व्यापारीहरुले दुरी निर्धारणको अनिवार्य पालना गर्न आग्रह गर्दै मास्क,सेनिटाईजर लगायतका सामाग्री विरण गरिएकाे संघले जनाएकाे छ ।

उपभोक्ताहरुलाई सर्वसुलभ मूल्यमा दैनिक उपभोग्य समाग्रीहरु सहज रुपमा उपब्ध गराउन र व्यापारी व्यावसायीहरुले सूरक्षित ढंगले सामान विक्रि वितरण गर्ने वातारण सिर्जना गर्न उद्योग बाणिज्य संघले आन्तरीक बजार अनुगमन शूरु गरेको काेषाध्यक्ष श्रेष्ठले वताउनु भयाे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।