धनकुटामा कुखुरा र कुखुराको मासु विक्रिवितरण गर्ने व्यवस्था मिलाईयो
धनकुटा खबर, वेशाख ६ । धनकुटाका कुखुरा पालक व्यावसायीलाई कुखुरा र कुखुराको मासु विक्रिवितरण गर्ने व्यवस्था मिलाईएको छ ।
कोरोना भाईरस कोभिड १९ नि,यन्त्रण को सं,क्रमण नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनको कारण कुखुरा विक्रिवितरण गर्न स,मस्या भो,गिरहेका उनिहरुलाई धनकुटा नगरपालिका र उद्योग बाणिज्य संघधनकुटाको समन्वयमा आजदेखी कुखुरा विक्रिवितरणको व्यवस्था मिलाईएको हो ।
कुखुरा व्यावसायीहरुले कुखुरा विक्रि नभई र चारोका अभावमा ठूलो समस्या वेहोरीरहेको वेला उद्योग बाणिज्य संघले धनकुटा नगरपालिकाको सहयोग तथा समन्वयमा मासु व्यावसायीहरुको परामर्श र सहभागीतामा धनकुटामा उत्पादित खुकुराको मासु बिक्रि वितरण गर्ने व्यवस्था गरिएको उद्योग वाणिज्य संघ धनकुटाले जनाएको छ । गरेपछि व्यावसायीहरुलाई ठूलो राहत मिलेको हो ।

धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ्ग लगायत नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरुको समन्वयमा धनकुटा उद्योग बाणिज्य संघले मासु व्यावसायी संघका अध्यक्ष मिलन खड्गीको परमार्शमा धनकुटा र हिले बजारका मासु पसलहरुबाट सूफत मूल्यमा कुखुराको मासु बेच्ने व्यवस्था गरी कुखुरा पालन व्यावसायीहरुलाई सहयोग गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।
संघका अध्यक्ष राई सहित वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग तामाङ्ग, उपाध्यक्ष निर्मला राई श्रेष्ठ, महासचिव राम वहादुर तामाङ्ग गोङ्वा,कोषाध्यक्ष रुपेश श्रेष्ठ लगायतले कुखुरा पालक व्यावसायीहरुलाई कुखुरा बिक्रि वितरण गर्न सहजीकरण तथा सहयोग गर्दै बजार अनुगमन गरेका थिए । यो व्यवस्था मिलाईएपछि आफुहरुलाई केही भएपनि सहज भएको व्यवसायीहरुको प्रतिक्रिया छ ।


