धनकुटाका डेरी र नीजि अस्पताललाई स्वास्थ्य सामाग्री
धनकुटा खबर, वैशाख ७ । धनकुटा उद्योग वाणिज्य संघले धनकुटाका डेरी उद्योग र नीजि अस्पतालहरुलाई सु,रक्षित तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
कोरोना भाईरस नि,यन्त्रणका लागि जनचेतना फैलाउदै बजार अनुगमन गरी आज संघले नीजि अस्पताल र डेरी उद्योगहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
महामा,रीको रुपमा फैलिरहेको कोरोना भाईरस नि,यन्त्रण गर्न सरकारले आह्,वान गरेको लक डाउनको समयमा पनि दुध, घ्यू, दही लगायतका दुध जन्य सामाग्री उपभोक्ताहरुलाई उपलब्ध गराई रहेकोमा धनकुटका डेरी उद्योग र जोखिमको सामना गर्दै नीजि अस्पताल तथा स्वास्थ्य क्लिनिकहरुले विरामीहरुको उपचार गरी सेवा प्रदान गरिरहेकोले उनीहरुलाई ती सामाग्री वितरण गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

धनकुटा, हिले, जोरपाटी र सिधुवा बजारमा गरी जम्मा ७ वटा डेरी उद्योगहरुलाई पञ्जा, हेण्डवास,सेनिटाईजर,माश्क प्रदान गरीएको र हिले र सिधुवाका थप दुई वटा नीजि स्वास्थ्य क्लिनिलाई सुरक्षित सामाग्री पि पि ई किट वितरण गरिएको उहाँले वताउनुभयो ।
संघका अध्यक्ष राई, उपाध्यक्ष खगेन्द्र विष्ट, महासचिव राम वहादुर गोङ्वा तामाङ्ग, कोषाध्यक्ष रुपेश श्रेष्ठ,छथरजोरपाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोल लगायत सञ्चारकर्मीहरुको टोलिले धनकुटा, हिले र सिधुवा बजार अनुगमन गर्दै व्यापारी व्यावसायीहरुलाई सेनिटाईजर, मास्क ,पञ्जा वितरण गरेको महासचिव गोङ्वाले वताउनुभयो ।


