धनकुटा र हिले बजारका घरधनी जसले लकडाउन अवधिभरको घर भाडा मिनाहा गरे

धनकुटा खबर, वैशाख १३ । धनकुटा र हिले बजारका केही घर धनीहरुले घर भाडा मिनाहा गरेको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ । जसअनुसार धनकुटा नगरपालिका वडा नं ६ का पूर्णकृष्ण श्रेष्ठले उहाँको घरमा रहेको विराट पुस्तक पसलको भाडा र अन्य घरमा भाडामा वस्दै आएकाहरुलाई समेत लकडाउन अवधिभरको सम्पूर्ण भाडा मिनाहा गर्नुभएको संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्गले वताउनुभयो ।

त्यस्तै धनकुटा नगरपालिका वडा नं १ हिले बजारका जंग क्षेत्रीले उहाको घरमा रहेको आशिष फेन्सी पसललाई र हिलेकै नीर वहादुर गोम्देनले पनि उहाको २ वटा घरमा रहेको प्रदिप इम्पोरियम र मनकामना ज्वेर्लसलाई १ महिनाको भाडा मिनाहा गर्नुभएको संघका सदस्य, व्यावसायी तथा यूवा समाजसेवी शान्ति खड्काले वताउनु भयो ।

लक डाउनका कारण व्यापार व्यवसाय पूर्ण रुपमा ब,न्द भई व्यावसायीहरु सं,कटमा परेकोले धनकुटा बजारका १ र हिले बजारका २ जना घर धनीहरुले व्यापारी व्यावसायीहरुलाई घर भाडा मिनाहा गरी रातह दिएको संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनुभएको छ । उहाँले यी बजारका बाँकी सवै घर धनीहरुलाई पनि घर भाडा मिनाहा गरी सं,कटको समयमा सहयोग गर्दै दु:ख मा साथ दिन आग्रह गर्नु भएको छ ।

विश्व महामा,रीको रुपमा फै,लिएको कोरोना भा,ईरसको सं,क्रमण नि,यन्त्रणका लागि सरकारले आ,ह्वान गरेको लक डाउनका कारण व्यापार व्यावसाय ब,न्द भएकोले व्यावसायीहरुलाई समस्या भएको भन्दै घर धनीहरुलाई घर मिनाहा गरीदिन र व्यापारी, व्यावसायी एवम् उद्योगीहरुलाई बैंकको ऋणको व्याज छुट गरी दिन बैंक लगायत सवै वित्तिय संस्थाहरुलाई धनकुटा उद्योग बाणिज्य संघले लकडाउन शुरु भए लगत्तै आग्रह गरेको गरेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।