काठमाडौमा अ,लपत्र परेका धनकुटाका १ सय १ जनालाई उ,द्धार गरि ल्या,ईयो – अब ६ सय जनाको उ,द्धार गर्दै

धनकुटा खबर, वैशाख १६ । लकडाउनको समयमा काठमाडौमा अ,लपत्र परेका धनकुटा नगरपालिका क्षेत्रका १ सय १ जनालाई नगरले उ,द्धार गरेको छ । उनिहरुलाई सु,रक्षित विधि प्रयोग गर्दै आज उ,द्धार गरि ल्याईएको हो ।

उ,द्धार गरि ल्याईएकाहरुलाई १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्ने सर्तमा दुइ वटा नाइट बसबाट ल्याईएको धनकुटा नगरपालिका वडा नं १ का वडाअध्यक्ष निरन तामाङ्गले वताउनुभयो । स्वास्थ्य उपचार तथा काम विशेषले काठमाडौ पुगेका र लकडाउनका कारण घर फ,र्कन नपाएकाहरुलाई उ,द्धारको क्रममा पहिलो प्राथमिक्ता दिएको छ ।

त्यस्तै धनकुटा घर भई काठमाण्डौमा मजदुरी काम गरि जीवन निर्वाह गरिरहेकालाई दोस्रो र विद्यार्थीहरुलाइ तेस्रो प्राथामिक्तामा विभाजन गरि नेकपा धनकुटाले जिल्लाको सात वटै स्थानिय तह र काठमाडौमा अ,लपत्र परेकाहरुलाई उ,द्धारका लागि धनकुटा-काठमाडौ कोरोना वि,पद सहयोग समितिसंग समन्वय गरी ६ सय जनालाई उ,द्धार गर्दैछ ।

यता भोजपुरको हतुवागढी गाउँपालिकाको कोरोना सं,क्रमित व्यक्ति आफ्नो घर तर्फ जाने क्रममा हिलेबजार चाँदानी चोकमा रहेको आफन्तकोमा वसेको र त्यहाँ वस्दा आफन्त सात जना सँगै बसेर खाना खाएका र बाँस बसेकाहरूको हिजो नगरपालिकाको कोरोना परिक्षण टोलि सहित जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले र्यापिड टेस्ट र पिसिआर जाँच गर्दा कोरोना ने,गेटिभ देखाएको वडा अध्यक्ष निरन तामाङले बताउनु भयो ।

अहिले उनिहरूको अवस्था सामान्य रहेको जनाईएको छ । उनिहरुलाई सु,रक्षित साथ १४ दिन होम क्वारेन्टाइन मै बस्न आग्रह गरिएको अध्यक्ष तामाङले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।